Trending
Prev Story
Next Story

व्यावसायिक ग्यासमा ३० प्रतिशत कोटा तोक्ने निगमको प्रस्ताव, निर्णयमा पुग्न उद्योगीलाई ७ दिन

Onlinekhabar •
November 02, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । घरायसी र व्यावसायिक ग्यासको मूल्य र प्रयोग व्यवस्थित गर्न नेपाल आयल निगमले नयाँ नीति अघि सारेको छ । निगमले ग्यास उद्योगहरूलाई उनीहरूको मासिक कोटाको ३० प्रतिशत ग्यास अनिवार्य व्यावसायिक मूल्यमा खरिदबिक्री गर्नुपर्ने …

व्यावसायिक ग्यासमा ३० प्रतिशत कोटा तोक्ने निगमको प्रस्ताव, निर्णयमा पुग्न उद्योगीलाई ७ दिन

१६ कात्तिक, काठमाडौं । घरायसी र व्यावसायिक ग्यासको मूल्य र प्रयोग व्यवस्थित गर्न नेपाल आयल निगमले नयाँ नीति अघि सारेको छ ।

निगमले ग्यास उद्योगहरूलाई उनीहरूको मासिक कोटाको ३० प्रतिशत ग्यास अनिवार्य व्यावसायिक मूल्यमा खरिदबिक्री गर्नुपर्ने प्रस्ताव गरेको हो ।

शुक्रबार निगम र नेपाल एलपी ग्यास उद्योग संघ पदाधिकारीबीच भएको बैठकमा यो प्रस्ताव पेस भएको हो । प्रस्ताव अनुसार व्यावसायिक प्रयोजनका लागि फरक क्षमताका सिलिन्डर बजारमा नआउन्जेलसम्म उद्योगहरूले ३० प्रतिशत कोटा निगमबाटै व्यावसायिक मूल्यमा उठाउनुपर्ने छ ।

त्यस्तै उक्त ग्यास व्यावसायिक प्रयोजनमै बेच्ने वा निश्चित ब्रान्ड तोकेरमात्र व्यावसायिक बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

यस विषयमा ग्यास उद्योगीहरूले एक हप्ताभित्र आपसी छलफल गरी निगमलाई जानकारी गराउने निर्णय भएको छ ।

यसबाहेक बैठकमा ग्यास उद्योगहरूको सञ्चालन लागत घटाउन र बजार व्यवस्थित गर्न ‘मर्जर’ मा जाने र देशभरि ‘सिंगल लोगो’ मा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने एजेन्डामा समेत छलफल भएको थियो ।

निगम सञ्चालक समिति सदस्य नमराज घिमिरे र निगमका कार्यकारी निर्देशक नागेन्द्र साहको उपस्थितिमा भएको बैठकमा ग्यास उद्योग संघका तर्फबाट अध्यक्ष दिवान चन्दसहित पदाधिकारी सहभागिता थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
3d ago
पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन

पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन

बैतडीको सोटीगाउँका कृषि विद्यार्थी नवीनराज जोशीले पढाइसँगै व्यावसायिक सयपत्री खेती सुरु गरेका छन् । ५ हजार रुपैयाँ लगानीमा सुरु गरेको फूल खेतीबाट दसैं र तिहारमा ७५ हजार रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ ।

#व्यावसायिक
Compare →
Hamro Patro News
4d ago
उद्योगमन्त्री र भारतीय राजदूतबीच भेट, ग्यास पाइप लाइनबारे छलफल

उद्योगमन्त्री र भारतीय राजदूतबीच भेट, ग्यास पाइप लाइनबारे छलफल

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ। मन्त्री साहको सचिवालयका अनुसार उद्योग मन्त्रालयमा भएको भेटवार्ताम...

#ग्यास
Compare →
Bizshala
4d ago
पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

काठमाण्डौ। पाकिस्तानमा खाना पकाउने ग्यासको सरकारी दर र बजार मूल्यबीच ठूलो अन्तर देखिएको छ। त्यहाँको तेल तथा ग्यास...

#ग्यास
Compare →

Related Stories

World News
Build #2611