Trending
Prev Story
Next Story

अभिनेता इमरानले बम्बई उच्च अदालतसँग मागे माफी, अबदेखि कुनै प्रदर्शनमा सहभागी नहुने

Onlinekhabar •
November 02, 2026 • 12:00 PM
1
1 reads 0 reactions

अभिनेता इमरान खानले ‘एसआईआर’ विरुद्धका प्रदर्शनमा सहभागी भएकोमा बिनासर्त माफी मागेका छन् । उनले बम्बई उच्च अदालतसमक्ष आगामी दिनमा यस्ता कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् । इमरानलाई भारत छाड्न जारी गरिएको ‘लिभ इन्डिया …

अभिनेता इमरानले बम्बई उच्च अदालतसँग मागे माफी, अबदेखि कुनै प्रदर्शनमा सहभागी नहुने

अभिनेता इमरान खानले ‘एसआईआर’ विरुद्धका प्रदर्शनमा सहभागी भएकोमा बिनासर्त माफी मागेका छन् । उनले बम्बई उच्च अदालतसमक्ष आगामी दिनमा यस्ता कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् ।

इमरानलाई भारत छाड्न जारी गरिएको ‘लिभ इन्डिया नोटिस’ विरुद्ध परेको रिटमाथि बम्बई उच्च अदालतमा सुनुवाइ भइरहेको थियो । अदालतले उनलाई बिनासर्त माफी माग्न र आगामी दिनमा यस्ता प्रदर्शनमा सहभागी नहुने लिखित प्रतिबद्धता बुझाउन आदेश दिएको थियो ।

सुनुवाइका क्रममा उच्च अदालतले केन्द्र सरकारलाई ‘वसुधैव कुटुम्बकम्’ को सिद्धान्त स्मरण गराउँदै इमरानलाई आफूमाथि जारी गरिएको ‘लिभ इन्डिया नोटिस’ को जवाफ दिन केही समय दिन निर्देशन दिएको छ ।

अब यस मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ७ मा हुनेछ । त्यतिन्जेल इमरानविरुद्ध जारी भारत छाड्नुपर्ने नोटिस कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।

सुनुवाइका क्रममा अदालतले इमरानलाई विभिन्न प्रश्न गरेको थियो ।

–तपाईं यति वर्षदेखि भारतमा बस्दै आउनुभएको छ । यस अवधिमा कहिल्यै कुनै प्रदर्शनमा सहभागी हुनुभएको थिएन । अहिले किन सहभागी हुनुभयो ?

–तपाईं ओसीआई कार्डधारक हुनुहुन्छ । तपाईंले भारतीय नागरिकले जस्तो व्यवहार गर्न मिल्दैन । एसआईआरबाट तपाईं प्रभावित हुनुहुन्न भने तपाईंलाई यस विषयमा प्रदर्शन गर्ने अधिकार किन चाहियो ?

–तपाईं बाल्यकालदेखि नै भारतमा बस्दै आउनुभएको छ भने भारतीय नागरिकताका लागि किन आवेदन दिनुहुन्न ? ओसीआईकै हैसियतमा बस्ने हो भने फेरि यस्ता प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता दिनुपर्छ ।

–तपाईंले बिनासर्त माफी पनि माग्नुपर्छ, किनकि तपाईंले मानिसहरूलाई उक्साउनुभएको छ । सेलिब्रेटीबाट यस्तो व्यवहार अपेक्षित हुँदैन । तपाईंको जीविकोपार्जनदेखि सबै कुरा यही देशसँग जोडिएको छ ।

मुख्य न्यायाधीश महेश चन्द्र त्रिपाठी र न्यायाधीश अद्वैत सेठनाको इजलासले भारतको उदारताको उदाहरण दिँदै इमरानलाई तत्काल देश निकाला गर्नुको सट्टा पहिले नोटिस जारी गरिएको टिप्पणी गरेको थियो ।

अदालतले अमेरिकी नागरिक तथा ‘ओभरसिज सिटिजन अफ इन्डिया’ कार्डधारक इमरानलाई तत्काल भारतबाट निष्कासन गर्नुको सट्टा देश छाड्न नोटिस दिएर आफ्नो भनाइ राख्ने अवसर दिइएको बताएको थियो ।

अदालतले कुनै भारतीय नागरिकले विदेशमा यस्तै गतिविधि गरेको भए उसलाई अर्को उडानबाटै भारत फर्काइने अवस्था हुन सक्ने टिप्पणीसमेत गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पत्रकार रोशन खड्कासँग माफी मागेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोमा आइतबार भएको छलफलका क्रममा शिवाकोटीले खड्कासँग माफी मागेका हुन्। काठ...

#माफी #मागे
Compare →
Nagarik News
1d ago
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी प्रदर्शनका क्रममा म्याड्रिड र बार्सिलोनामा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको छ।

#प्रदर्शन
Compare →
Ekantipur
4d ago
पोखरा एभेन्जर्सले बाँकी खेलमा शतप्रतिशत प्रदर्शनका लागि खेल्ने

पोखरा एभेन्जर्सले बाँकी खेलमा शतप्रतिशत प्रदर्शनका लागि खेल्ने

लगातार ४ हारपछि पोखराले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीमाथि ६३ रनको जित हात पार्‍यो ।

#प्रदर्शन
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611