Trending
Prev Story
Next Story

३ खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

Ekantipur •
November 04, 2026 • 04:01 PM
1
1 reads 0 reactions

डिजिटल प्रणाली ईआरपीमार्फत १ हजार ५ सयभन्दा बढी डिलर, ६० बोटलर र ६० एयरलाइन्सले अनलाइन माग तथा डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

३ खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

डिजिटल प्रणाली ईआरपीमार्फत १ हजार ५ सयभन्दा बढी डिलर, ६० बोटलर र ६० एयरलाइन्सले अनलाइन माग तथा डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

काठमाडौं — नेपाल आयल निगमले वार्षिक गर्दै आएको ३ खर्ब रुपैयाँको कारोबारलाई डिजिटल प्रणालीमा जोड्ने भएको छ । जुन कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

ईआरपी प्रणाली कार्यान्वयनमा आएसँगै निगमका १ हजार ५ सयभन्दा बढी डिलर, ६० बोटलर तथा ६० एयरलाइन्स र एयरलाइन्स एजेन्टले निगमका डिपोमा भौतिक रूपमा उपस्थित नभई अनलाइनबाटै पेट्रोलियम पदार्थको माग गर्न सक्नेछन् । यसबाट निगमका ८ सय जना कर्मचारी लाभान्वित भएका छन् ।

उक्त प्रणालीमार्फत डिजिटल भुक्तानी गर्न तथा आफ्नो कारोबारको विवरण हेर्ने सुविधा प्राप्त गर्ने गरी प्रणालीको विकास गरिएको निगमअन्तर्गत रहेको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) परियोजनाका प्रमुख प्रदीपकुमार यादवले बताए । नेपाल आयल निगम लिमिटेडले आफ्ना सम्पूर्ण कारोबारलाई एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले सञ्चालन गरेको ईआरपी परियोजना हस्तान्तरणको चरणमा पुगेको उनको भनाइ छ । काठमाडौं विश्वविद्यालयको युनिकन्सल्टले गरेको मूल्यांकनअनुसार परियोजनाको कार्यगत आवश्यकता (फङ्सनल रिक्वायरमेन्ट)तर्फ करिब ८८ प्रतिशत काम सम्पन्न भएको निगमले जनाएको छ ।

‘२०७७ सालभन्दा अगाडि देशभरका डिलर, एयरलाइन्सहरू भौतिक रूपमै पैसा बोकेर बैंकमा गई भौचर बनाउनुपर्थ्यो । त्यो भौचर बोकेर फेरि सम्बन्धित डिपोमा जानुपर्थ्यो,’ उनले भने, ‘यसले गर्दा १/२ ठाउँमा पैसा बोकेर जाँदा समयमा भौचर लिएर नपुगिए तेल पाइँदैन भन्ने डरले दुर्घटना भएका उदाहरण पनि छन् ।’ ईआरपी लागू भएपछि भौतिक रूपमा भौचर लिएर जान नपर्ने उनले सुनाए । ‘निगमसँग आबद्ध ‘क’ वर्गका जतिपनि बैंक छन्, सबै बैंकमा निगमको नामको खाता छ, जो जहाँ छन्, जुन बैंकमा खाता छ,’ यादवले भने, ‘मोबाइल एपको कनेक्ट आईपीएसबाट बैंकको खातामा हालेपछि नेपाल क्लियरिङ हाउसबाट हाम्रो प्रणालीमा आउँछ ।’ कति पैसा जम्मा भयो प्रणालीमा देखिने उनले सुनाए । निगमको सबै भुक्तानी प्रणाली अनलाइनबाटै गर्ने तयारी भएको यादव बताउँछन् ।

‘अब डिपोमा ट्यांकर, यसको चालक र सहचालकबाहेक कोही पनि जान नपर्ने गरी प्रणाली बन्दै छ,’ उनले भने । एक ठाउँमा प्रविष्ट (इन्ट्री) गरेको डेटा सबैतिर हेर्न मिलोस् र पटक–पटक प्रविष्ट गर्न नपरोस् भनेर यो प्रणाली लागू गरिएको निगमका कम्प्युटर इन्जिनियर राजन नेपालले बताए ।

‘यो घरबाट चलाउँछु भन्ने प्रणाली होइन, कार्यालय परिसरमा कार्यालयले उपलब्ध गराएको कम्प्युटरबाट मात्र प्रणाली चलाउनुपर्छ, सुरक्षाको दृष्टिले बाहिर चलाउन मिल्दैन,’ उनले भने, ‘पहिला इन्डियन आयल कर्पोरेसनबाट ट्यांकर र एलपीजी बुलेट लोड हुने र उताबाट चालकले जानकारी नगराएसम्म थाहा पाउन सक्ने अवस्था थिएन, पछिल्लो समय इन्डियन आयल कर्पोरेसनको आईओसीएलसँग समन्वय गरेर उनीहरूको प्रणाली र हाम्रो प्रणालीबीच कनेक्सन डेभलप गरिसकेका छौं ।’ अहिले भक्तपुरस्थित लोकन्थलीमा भाडामा लिएर यो कार्यालय चलाए पनि वैशाखबाट केन्द्रीय कार्यालयको छैटौं तलामा निगमको डेटा सेन्टर राख्ने गरी टेन्डर आह्वान गरिसकिएको उनको भनाइ छ ।

ईआरपी प्रणाली कार्यान्वयनपछि निगमको कारोबार कागजी तथा भौतिक उपस्थितिमा आधारित प्रक्रियाबाट एकीकृत डिजिटल प्रणालीमा रूपान्तरण भएको निगमले जनायो । ईआरपी प्रणालीले निगमका बिक्री, वितरण, वित्त, लेखा, खरिद, भण्डारण तथा मानव संसाधनलगायतका कामलाई एउटै एकीकृत सफ्टवेयर प्रणालीमा जोडेको छ । यसबाट एउटा विभागले प्रविष्ट गरेको तथ्यांक अन्य विभागले तत्काल प्राप्त गर्न सक्ने भएकाले दोहोरो कामको अन्त्य, तथ्यांकको शुद्धतामा वृद्धि तथा छिटो र तथ्यमा आधारित निर्णय प्रक्रियामा सहयोग पुगेको दाबी निगमको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट छनोट भएको नियोटेरिक नियो सफ्टवेयर जेभीसँग निगमले ४ साउन २०७७ मा सम्झौता गरेको थियो । सम्झौताअनुसार पहिलो १२ महिना प्रणाली निर्माण तथा त्यसपछिका २४ महिना कार्यान्वयन र मर्मतसम्भारका लागि गरी कुल ३६ महिनाको अवधि निर्धारण गरिएको थियो । परियोजनाको कुल सम्झौता रकम मूल्य अभिवृद्धि करबाहेक २२ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

‘निगमले कार्यान्वयन गरेको ईआरपी प्रणाली जर्मनीको एसएपी कम्पनीले विकास गरेको एसएपी बिजनेस वन हो,’ प्रमुख यादवले भने, ‘एसएपी हाना डेटाबेसमा आधारित यो प्रणालीले ठूलो परिमाणको तथ्यांक छिटो प्रशोधन गर्न तथा बैंकिङ, डिपो स्वचालनलगायत अन्य प्रणालीसँग जोडिन सक्ने सुविधा प्रदान गर्छ ।’ उनका अनुसार ईआरपी परियोजनाअन्तर्गत बिक्री तथा वितरण, मानव संसाधन सूचना प्रणाली, वित्त, सम्पत्ति, ट्रेजरी तथा लेखा व्यवस्थापनलगायतका प्रमुख प्रणाली सञ्चालनमा आएका छन् । यस्तै कर्मचारी भर्ना प्रक्रियालाई अनलाइनमार्फत व्यवस्थित गर्न ई–रिक्रुटमेन्ट प्रणाली सञ्चालनमा ल्याइएको निगमको भनाइ छ ।

ईआरपी प्रणालीलाई भविष्यमा इन्टरनेट अफ थिङ्स (आईओटी) तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग जोडेर निगमको इन्धन आपूर्ति व्यवस्थालाई थप प्रभावकारी, सुरक्षित र पारदर्शी बनाउने योजना रहेको परियोजना प्रमुख यादवले बताए । भविष्यमा स्वचालित डिपोहरूलाई समेत ईआरपी प्रणालीसँग आबद्ध गरी इन्धनको भण्डारण, वितरण तथा लेखांकनलाई थप सटीक र पारदर्शी बनाउने निगमको लक्ष्य छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
तिहार बिदामा आयल निगमको डिपो खुला रहने

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

तिहार बिदामा आयल निगमको डिपो खुला रहने उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज ...

#निगम #आयल
Compare →
Bizshala
10h ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#प्रणाली #खर्ब
Compare →
Nagarik News
6d ago
डिजिटल धुनको भीडमा हराएन मादलको ताल

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

आधुनिक प्रविधिको विकाससँगै गीतसङ्गीत तथा सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण घटेको छैन।

#डिजिटल
Compare →
Onlinekhabar
1w ago
युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि पालिकासम्म परिचालन गर्दै कांग्रेस

युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि पालिकासम्म परिचालन गर्दै कांग्रेस

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संगठनात्मक गतिविधि र राजनीतिक सन्देशलाई प्रभावकारी बनाउन युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि स्थानीय तहसम्म पुगेर संगठन विस्तार र जनतासँग सम्बन्ध जोड्ने जिम्मेवारी दिने रणनीति अघि सारेको छ । पार्टी …

#डिजिटल
Compare →
Arthasansar
11h ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#प्रणाली
Compare →

Related Stories

Business & Economy
Build #2611