Trending
Prev Story
Next Story

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

Nagarik News •
November 07, 2026 • 12:44 AM
1
1 reads 0 reactions

आधुनिक प्रविधिको विकाससँगै गीतसङ्गीत तथा सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण घटेको छैन।

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न थालेको छ। तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा यसको व्यापार बढ्ने गरेको व्यापारी बताउँछन्।

आधुनिक प्रविधिको विकाससँगै गीतसङ्गीत तथा सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण घटेको छैन। तिहारमा देउसीभैलो खेल्ने समूहले मादललाई प्राथमिकता दिने गरेका छन्।

धरान उपमहानगरपालिका–२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीले तिहारमा मादलको बढेकाे बताए।

२० वर्षदेखि मादल, गितार लगायत विभिन्न बाजाको व्यापार गर्दै आएका उनका अनुसार तिहारका बेला दैनिक ७० देखि ८० मादल बिक्री हुने गरेको छ। सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्र बिक्री हुन्छ।

चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत स्थानमा मादल पठाउँदै आएका छन्। उनले तीन हजारदेखि आठ हजार रुपैयाँसम्मका मादल बेच्दै आएका छन्।

पहिले बाहिरबाट मादल ल्याएर बेच्ने चौधरीले अहिले आफ्नै कारखानामा मादल बनाउने गरेका छन्। आफ्नै कारखाना भएकाले ग्राहकको मागअनुसार आकार र गुणस्तरका मादल बनाउन सहज भएको उनको भनाइ छ। उनको पसल तथा कारखानामा अहिले छ जनाले रोजगारी पाएका छन् भने परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन्।

धरानको मुख्य बजार भानुचोकदेखि पूर्वतर्फको देसी लाइनमा मादलको व्यापार गर्दै आएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताए। १५ वर्षदेखि परिवारका सदस्यसँग मिलेर मादल र खुकुरीको व्यापार गर्दै आएका अधिकारीको पसलमा  दुई हजारदेखि सात हजार रुपैयाँसम्मका मादल राखिएका छन्।

अधिकारीका अनुसार तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा माग बढी हुन्छ। लक्ष्मीपूजादेखि मादलको बिक्री झनै बढ्ने गरेको उनले बताए। कहिलेकाहीँ एकै दिन आठदेखि १० सम्म मादल बिक्री हुने गरेको छ।

भोजपुर, धनकुटा तथा पश्चिम नेपालमा उत्पादित मादल खरिद गरेर बिक्री गर्दै आएका अधिकारीले ग्राहकको मागअनुसार विभिन्न गुणस्तर र मूल्यका मादल राखिएको बताए।

देउसीभैलो खेल्ने समूहले केही समयका लागि प्रयोग गर्न सस्तो मादल खोज्ने भएकाले महँगा मादल मात्र बिक्रीका लागि नराखिएको उनको भनाइ छ।

यसैगरी, इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारीले पनि विगत नौ वर्षदेखि मादल र खुकुरीको व्यापार गर्दै आएका छन्। उनका अनुसार तिहारको समयमा मादलको बिक्री उल्लेख्य बढ्ने गरेको छ। तिहारको समयमा रु एक लाखदेखि डेढ लाखसम्मको मादल बिक्री हुने गरेको उनले बताए।

तिहारमा देउसीभैलो खेल्ने परम्पराले नेपाली मौलिक बाजा मादलको व्यापारलाई चलायमान बनाउँदै आएको छ।

प्रकाशित: २१ कार्तिक २०८३ ०६:२९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
23h ago
डिजिटल रूपान्तरणमा नेपाल–इस्टोनिया सहकार्य विस्तार हुने

डिजिटल रूपान्तरणमा नेपाल–इस्टोनिया सहकार्य विस्तार हुने

काठमाडौं : नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनियाकी न्...

#डिजिटल
Compare →
Bizshala
1d ago
सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको...

#डिजिटल
Compare →

Related Stories

Education & Youth
Build #2611