Trending
Prev Story
Next Story

अभिषेकले अस्ट्रेलियन ओपन पुग्न प्लेअफ खेल्ने

Ekantipur •
November 04, 2026 • 04:01 PM
1
1 reads 0 reactions

अभिषेकले अस्ट्रेलियन ओपन २०२७ मा पुग्नका लागि उनले छनोट खेल्ने अवसर पाएका छन् । उनले एसिया/प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने मौका पाएका छन् ।

अभिषेकले अस्ट्रेलियन ओपन पुग्न प्लेअफ खेल्ने

अभिषेकले अस्ट्रेलियन ओपन २०२७ मा पुग्नका लागि उनले छनोट खेल्ने अवसर पाएका छन् । उनले एसिया/प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने मौका पाएका छन् ।

काठमाडौँ — नेपाली व्यावसायिक टेनिस खेलाडी अभिषेक बास्तोलाले आफ्नो सपना पूरा गर्ने क्षणमा पुगेका छन् । सानैदेखि ग्रान्ड स्लाम टेनिस खेल्ने सपना पूरा गर्न उनी एक खुट्किलो टाढा छन् ।

अभिषेकले अस्ट्रेलियन ओपन २०२७ मा पुग्नका लागि उनले छनोट खेल्ने अवसर पाएका छन् । उनले एसिया/प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने मौका पाएका छन् ।

चीनको छेन्दुमा २३ देखि २८ नोभेम्बरसम्म हुने छनोटमा अभिषेकले नेपालको प्रतिनिधित्व गर्नेछन् । बुधबार पत्रकार सम्मेलन गर्दै अभिषेकले अस्ट्रेलियन ओपन खेल्ने आफ्नो बच्चैदेखिको सपना पूरा हुन लागेको सुनाए । ‘अस्ट्रेलियन ओपन खेल्ने सपना थियो । त्यहाँ पुग्नका लागि छनोट खेल्ने अवसर पाउँदा निकै खुसी छु । उत्कृष्ट प्रदर्शन गरेर त्यहाँ पुग्न प्रयास गर्नेछु,’ उनले भने ।

एसिया/प्यासिफिक क्षेत्रका खेलाडीलाई अस्ट्रेलियन ओपनको मुख्य प्रतियोगितासम्म पुग्नेका लागि प्लेअफ हुन लागेको हो ।

विश्वकै चार ग्रान्ड स्लाममध्ये एक अस्ट्रेलियन ओपन एसिया/प्यासिफिक क्षेत्रको प्रतिष्ठित टेनिस प्रतियोगिता हो । प्लेअफमा अस्ट्रेलियाबाहेक एसिया/प्यासिफिक क्षेत्रका देशका खेलाडीले भाग लिनेछन् । पुरुष र महिला दुवैतर्फ विश्व वरीयतामा १०५ वा सोभन्दा पछाडि रहेका खेलाडीका लागि प्रतियोगिता खुला गरिएको छ ।

अभिषेकले एकल विधामा प्रतिस्पर्धा गर्नेछन् । उनले छनोट चरणका लागि उपलब्ध चार वाइल्ड कार्डमध्ये एक प्राप्त पाएका हुन् । छनोट चरणमा आठ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । त्यसबाट शीर्ष चार खेलाडी मुख्य ड्रमा प्रवेश गर्नेछन् । मुख्य ‘ड्र’ मा यसअघि नै वरीयताका आधारमा छनोट भएका १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उनी नेपालबाट चार पटक एसियाली खेलकुद खेल्ने एक्लो टेनिस खेलाडी हुन् ।

अभिषेकले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आए पनि राज्य र सम्बन्धित खेल संघबाट उचित सहयोग नपाएको गुनासोसमेत गरे । जति पनि सहभागिता जनाउँदै आएका छन्, त्यसमा व्यक्तिगत पहलमा भइरहेको उनले सुनाए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
12h ago
प्रि–ओपन सेसनमै नेप्से ५.३३ अंकले घट्यो, ३६ कम्पनीको शेयर मूल्य ओरालो

प्रि–ओपन सेसनमै नेप्से ५.३३ अंकले घट्यो, ३६ कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारको प्रि–ओपन सेसनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.३३ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार २.६४ अंक बढेर २ हजार ६५५.२२...

#ओपन
Compare →
Arthasansar
7h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#पुग्न #प्लेअफ
Compare →
Onlinekhabar
1d ago
लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै …

#पुग्न #प्लेअफ
Compare →

Related Stories

Sports
Build #2611