अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले एरिकाको खेल विकासमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालित अभियानबाट उक्त रकम जुटाएको हो ।
काठमाडौँ — कराते खेलाडी एरिका गुरुङको खेल करियर र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले एरिकाको खेल विकासमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालित अभियानबाट उक्त रकम जुटाएको हो । राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठको पहलमा बुधबार एरिकालाई उक्त रकम प्रदान गरिएको थियो ।
गत सेप्टेम्बर २० मा सिड्नीमा विशेष रन आयोजना गर्दै क्लबले सहयोग अभियान सञ्चालन गरेको थियो । अभियानमार्फत संकलित करिब तीन लाख रुपैयाँ एरिकाको खातामा सिधै जम्मा गरिएको राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठले जानकारी गराए ।
राखेप सदस्य सुवालले एरिकालाई चेक हस्तान्तरण गर्दै यो अभियान अरू खेलमा खेलाडीका लागि पनि निरन्तरता रहने जानकारी गराइन् । उनी १९ औं एसियाली खेलकुदकी रजत विजेता हुन् । पछिल्लो संस्करण २० औं एसियाली खेलकुदमा उनी पदकविहीन रहिन् । जापानको खराब दिन बिर्सेर आगामी प्रतियोगितामा सुखद नतिजा ल्याउने एरिकाको विश्वास थियो ।
नेपाल कराते महासंघका महासचिव दावा गुरुङले आगामी प्रतियोगितामा नेपाली खेलाडीले इतिहास बनाउने लक्ष्यसहित तयारी गरिने बताए ।