Trending
Prev Story
Next Story

आइपीएलको मिनी अक्सन १६ डिसेम्बरमा

Ekantipur •
October 26, 2026 • 01:00 PM
1
1 reads 0 reactions

क्रिकइन्फोका अनुसार आइपीएलका लागि खेलाडी कायम राख्ने (रिटेन्सन)लाई अन्तिम मिति तोकेको करिब एक महिनापछि अक्सन हुन लागेको हो ।

आइपीएलको मिनी अक्सन १६ डिसेम्बरमा

क्रिकइन्फोका अनुसार आइपीएलका लागि खेलाडी कायम राख्ने (रिटेन्सन)लाई अन्तिम मिति तोकेको करिब एक महिनापछि अक्सन हुन लागेको हो ।

काठमाडौं — सन् २०२७ मा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को लागि खेलाडी लिलामी (मिनी अक्सन) १६ डिसेम्बरमा गोवामा हुने भएको छ । क्रिकइन्फोका अनुसार आइपीएलका लागि खेलाडी कायम राख्ने (रिटेन्सन)लाई अन्तिम मिति तोकेको करिब एक महिनापछि अक्सन हुन लागेको हो ।

आइपीएलका लागि हालै फ्रेन्चाइज टोलीलाई १५ नोभेम्बरसम्म खेलाडी कायम राख्न सक्ने जानकारी दिएको थियो । समाचारमा जनाइएअनुसार दर्ता भएका खेलाडीहरूको सूची फ्रेन्चाइज टोलीलाई पठाइनेछ । टोलीहरूले उक्त सूचीबाट खेलाडी छनोट गरेपछि अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम सूची तयार गरिनेछ । लिलामीको अघिल्लो साताभित्र खेलाडीको समूह र अक्सनको क्रम समेत सार्वजनिक गरिनेछ ।

सन् २०२६ को सिजन सकिएपछि आइपीएलको खेलाडी भित्र्याउने क्रममा जुन महिनामा लखनउ सुपर जायन्ट्सले आफ्ना कप्तान ऋषभ पन्तलाई दिल्ली क्यापिटल्स (डीसी)मा पठाएको थियो भने लखनउले लेगस्पिनर कुलदीप यादवलाई भित्र्याएको थियो ।

दिल्ली क्यापिटल्सले तीव्र गतिका बलर टी नटराजनलाई सनराइजर्स हैदराबादमा पठाएको छ भने लेगस्पिनर जिसान अन्सारीलाई टोलीमा भित्र्याएको छ । आइपीएल २०२७ को सिजनको मिति भने सार्वजनिक भएको छैन ।

Prev Swipe Story Next

Related Stories

Sports
Build #2612