Trending
Prev Story
Next Story

रोमाञ्चक जितमा सन्दीपलाई राहत

Ekantipur •
November 03, 2026 • 11:01 AM
1
1 reads 0 reactions

एक सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुरले सात विकेटमा १७२ रन बनाएपछि विराटनगर चार अंकसहित प्लेअफ समीकरणमा कायम रह्यो।

रोमाञ्चक जितमा सन्दीपलाई राहत

एक सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुरले सात विकेटमा १७२ रन बनाएपछि विराटनगर चार अंकसहित प्लेअफ समीकरणमा कायम रह्यो।

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) इतिहासकै सर्वाधिक रोमाञ्चक खेलमध्ये रहेको प्रतिस्पर्धामा विजयी रहेपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले राहत महसुस गरेका छन् ।

सन्दीपले भने, ‘तनावपूर्ण खेल रह्यो । अन्तिम बलसम्म रोमाञ्चकता कायम रह्यो । अन्त्यमा हामी नै जित्यौं, त्यसैले खुसी रह्यौं । दुई खेल जितेपछि हामी प्लेअफ समीकरणमा कायम रहेका छौं । एन्ड्रे रसेलको प्रदर्शन आफैंमा उत्कृष्ट रह्यो । उनले ब्याट र बल दुवैबाट निर्णायक प्रदर्शन गरे ।’

विराटनगर सुरुमा दुई खेल हारेपछि त्यसपछिका दुई खेल जित्न सफल रहेको हो । यससँगै चार अंकमा विराटनगर प्लेअफको समीकरणमा कायम रह्यो । जनकपुर पनि चार अंकमै रह्यो ।

अन्तिम ओभरमा १३ र अन्तिम बलमा तीन रन चाहिएको स्थितिमा जनकपुर त्यसलाई आत्मसात् गर्न सकेन । विराटनगर अन्तिम बलमा विजयी रहेको हो ।

जितका लागि १ सय ७५ रन पछ्याएको जनकपुरले जवाफमा सात विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभर एन्ड्रे रसेलले गरेका थिए र उनी नै ‘प्लेयर अफ द म्याच’ भए ।

उनले भने, ‘अन्तिम ओभर सजिलो रहेन । मलाई हाम्रो स्कोर विजयी हुने खालको लागेको थियो, तर त्यस्तो भएन । नेपालमा खेल्न पाएकोमा म खुसी महसुस गरिरहेको छु । विराटनगरका समर्थकप्रति आभारी पनि छु ।’

खेलपछि जनकपुरका कप्तान हरमित सिंहले हारमा निराशा पोखे । उनले भने, ‘हामी हारे पनि खेल रोमाञ्चक रह्यो । खेलको धेरै समय दुवै टिम बराबरीको स्थितिमा रहे । तर हामी अन्त्यतिर चुक्यौं ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
ह्याट्रिकको खुसीमा सन्दीपको प्रतिक्रिया– व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित ठूलो

ह्याट्रिकको खुसीमा सन्दीपको प्रतिक्रिया– व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित ठूलो

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित आफ्नो प्राथमिकता रहेको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विके...

#विराटनगर #सन्दीप
Compare →
Nagarik News
1d ago
एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।

#विराटनगर #प्लेअफ
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#विराटनगर #सन्दीप
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#विराटनगर #सन्दीप
Compare →

Related Stories

Sports
Build #2612