Trending
Prev Story
Next Story

रोहित चाहन्छन्, लुम्बिनीको लय कायम रहोस्

Ekantipur •
November 03, 2026 • 03:02 PM
1
1 reads 0 reactions

लुम्बिनीले पोखरालाई आठ विकेटले हराउँदै तीन खेलबाट पाँच अंक जोड्यो र एनपीएलमा अपराजित एक्लो टोली बन्यो।

रोहित चाहन्छन्, लुम्बिनीको लय कायम रहोस्

लुम्बिनीले पोखरालाई आठ विकेटले हराउँदै तीन खेलबाट पाँच अंक जोड्यो र एनपीएलमा अपराजित एक्लो टोली बन्यो।

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो तेस्रो खेलमा मंगलबार पोखरा एभेन्जर्सलाई सजिलै पराजित गरेयता कप्तान रोहित पौडेलले टिमको लय यस्तै कायम रहने विश्वास पोखेका छन्।

खेलपछि प्रतिक्रिया दिँदै उनले भने, ‘लिग चरणमा हामीले दुई जित निकालेका छौं र ती दुवै जित उत्तिकै राम्रा रहेका छन्। हामी यो जितको यात्रा कायम राख्न चाहन्छौं। त्यसैले खुसी छौं।’ उनले लुम्बिनी लायन्स उत्कृष्ट लयमा रहेको पनि माने।

रोहितले थपे, ‘टिमको लय उत्कृष्ट छ। टिमको पूरा व्यवस्थापनले हामीलाई सहयोग गरिरहेको छ। क्रिकेटजस्तो टिम खेलमा यस्तो सहयोग आवश्यक हुन्छ। टिम हार्दा पनि व्यवस्थापनको व्यवहार यस्तै थियो, जित्दा पनि यही कायम छ। यो नै टिमको राम्रो प्रदर्शनको मुख्य कारण हो।’

लुम्बिनी पछिल्ला नौ खेलमा अपराजित रहेको छ र त्यसमध्ये आठ खेलमा विजयी रहेको छ। यसै क्रममा पछिल्लो सिजन उपाधि जितेको लुम्बिनीको अहिले तीन खेलबाट पाँच अंक भएको छ र लिग तालिकाको शीर्षमा पनि उक्लेको छ। यसपल्ट लुम्बिनी अपराजित एक्लो टिम पनि रहेको छ।

यसको ठीक विपरीत पोखराको भने यो लगातार तेस्रो हार हो र टिम शून्य अंकमा आठ टिममध्ये सबैभन्दा पुछारमा रहेको छ। हारले पोखराको प्लेअफ प्रवेशको सम्भावना पनि निकै कमजोर भएको छ। पोखरा अहिलेसम्म प्लेअफ नखेल्ने एक्लो टिम रहेको छ।

पोखराले पहिले ब्याटिङ गर्दै नौ विकेटमा ९७ रन बनाएको थियो। जवाफमा लुम्बिनीले ११.४ ओभर मात्र उपयोग गरेर दुई विकेटमा ९८ रन बनायो। कप्तान रोहित नटआउट रहेर सर्वाधिक ४७ रन बनाए। यस्तै निरोशन डिकवेलाले पनि २७ रन बनाए।

रोहित र निरोशनले तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। खेलको ‘प्लेयर अफ द म्याच’ भने रुबेन ट्रम्पलमेन भए। उनले १६ रन खर्चेर तीन विकेट लिए। खेलपछि उनले भने, ‘लुम्बिनीका लागि राम्रो खेल्न सकेकोमा खुसी छुं। मेरो लागि लुम्बिनी आफ्नै परिवारजस्तो लाग्छ।’

गत सिजन उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। हारपछि पोखराका कप्तान कुशल भुर्तेलले निराशा पोख्दै भने, ‘अन्तिम तीन खेलमा हाम्रो प्रदर्शन राम्रो रहेन, त्यसैले केही पनि भन्न चाहन्नँ। के भइरहेको छ, त्यो भन्न पनि गाह्रो छ। हाम्रो ब्याटिङ र बलिङ दुवै राम्रो रहेको छैन।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
5h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #कायम
Compare →
Hamro Patro News
9h ago
लुम्बिनीपछि सुदूरपश्चिम रोयल्स पनि प्ले-अफमा प्रवेश

लुम्बिनीपछि सुदूरपश्चिम रोयल्स पनि प्ले-अफमा प्रवेश

काठमाडौं– साविक विजेता लुम्बिनीपछि सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्ले-अफ प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प...

#एनपीएल #लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2611