Trending
Prev Story
Next Story

‘सलह’लाई पद्मश्री, धरावासीलाई पद्मश्री साधना र जयराजलाई पद्मश्री साधना सम्मान प्रदान

Ekantipur •
October 26, 2026 • 01:00 PM
1
1 reads 0 reactions

प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका पाँच कृतिबाट मूल्यांकन समितिले ‘सलह’ चयन गरेको थियो। त्यस्तै साहित्यमा अनवरत साधनारत कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान र नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता प्रा. डा. जयराज आचार्यलाई पनि पद्मश्री गौरव पुरस्कार प्रदान गरेको छ ।

‘सलह’लाई पद्मश्री, धरावासीलाई पद्मश्री साधना र जयराजलाई पद्मश्री साधना सम्मान प्रदान

प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका पाँच कृतिबाट मूल्यांकन समितिले ‘सलह’ चयन गरेको थियो। त्यस्तै साहित्यमा अनवरत साधनारत कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान र नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता प्रा. डा. जयराज आचार्यलाई पनि पद्मश्री गौरव पुरस्कार प्रदान गरेको छ ।

काठमाडौँ — खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गरिएको छ। नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्य परराष्ट्र नीति तथा कूटनीतिका अध्येता हुन्। उनले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन्।

पद्मश्री साहित्य पुरस्कार उपन्यास ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान गरिएको छ। प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका पाँच कृतिबाट मूल्यांकन समितिले ‘सलह’ चयन गरेको थियो।

‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले प्रस्तुत गरेको प्रतिष्ठानले जनाएको छ। मुकारुङको हालै मात्र नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा आएको छ। कवि मुकारुङको कविता संग्रह ‘बिसे नगर्चीको बयान’को चर्चा सदाबहार भइरहन्छ। गीत, कविता, गीति नाटक तथा गद्य लेखनमा उनी स्थापित नाम हुन्।

त्यस्तै, कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गरिएको छ। ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक धरावासीले झन्डै दुई दर्जन ग्रन्थ सम्पादन गरेका छन्। उनले विशेषतः आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तरआधुनिक ढाँचामार्फत प्रस्तुत गर्दै आएका छन्।

पुरस्कार समारोहमा बोल्दै साहित्यकार मुकारुङले आफू नौबोधित उपन्यासकार भएकाले उपन्यास लेखनमा आफूले तीन वर्षअघि गरेका साधनाहरू सम्झिए। ‘अहिलेसम्म विवादरहित यो पुरस्कार मैले पाउँदा गौरवान्वित महसुस गरेको छु,’ मुकारुङले भने।

त्यसैगरी, कृष्ण धरावासीले आफूले यो सम्मान पाउँछु भनेर कल्पनासम्मै नगरेको बताए। ‘म यो क्षेत्रमा आएको ५० वर्ष पुगिसकेको छ। हामीले हाम्रो साहित्यलाई कति राम्रो भन्छौँ भन्ने कुराले अर्थ राख्दैन, बरु अरूले हाम्रो साहित्यलाई बुझ्ने भाषामा र उनीहरूको कसीबाट सही मूल्यांकन गरे–नगरेको भन्ने कुरा नै महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘नेपाली साहित्य नेपालभित्र मात्रै सीमित रहेर विश्व साहित्यको पङ्क्तिमा पुग्न सक्दैन, त्यसैले हामीले आफ्नो रचनालाई अरूले बुझ्ने र पत्याउने आधारमा उभ्याउन सक्नुपर्छ। पुरस्कार र सम्मानका पछि दौडिनुभन्दा हामी हिँडेको बाटो, बनाएको सिर्जना र त्यसको प्रभावले नै सही अर्थमा लेखकको र साहित्यको भविष्य निर्धारण गर्दछ।’

प्रा. डा. जयराज आचार्यले यो पुरस्कार थाप्दा आफूलाई एक प्रकारको लज्जा अनुभव भइरहेको सुनाए। ‘पुरस्कार पाउने मान्छेहरूले गरेको ठूलो उपलब्धिको सम्मान मात्रै होइन, आउने पुस्तालाई भने यस्तो गर्नुपर्छ भनेर प्रेरणा दिने एउटा म्यासेज हुनु पुरस्कारको काम हो। पुरस्कार यस्तो हुनुपर्छ, जसले प्रेरणा देओस्,’ उनले भने।

कार्यक्रममा बोल्दै लेखक तथा समालोचक प्रा. डा. ज्ञानु पाण्डेले नारी आन्दोलन र साहित्यबारे आफ्ना अनुभव र विचार चर्चा गरिन्। उनले सुरुका दिनमा नारी साहित्यकारहरूलाई आफ्ना भावना खुलेर राख्न निकै कठिनाइ भएको र पुरुषवादी समाजले उनीहरूका सिर्जनालाई सहज रूपमा स्वीकार नगरेको यथार्थसमेत औँल्याइन्।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ?

महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ?

गत कात्तिक ९ गते खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले काठमाडौँको धुम्बाराहीस्थित रमादा होटेलमा २०८२ सालको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई, पद्मश्री साधना सम्मान कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङलाई कृति ‘सलह’ का …

#पद्मश्री #साधना
Compare →
Hamro Patro News
1w ago
गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी  चिह्न प्रदान

गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई निय...

#प्रदान
Compare →
Nagarik News
1w ago
गो`ली लाग्दा पनि रोकिएनन् नेपाली विकास, अस्ट्रेलियाले दियो यस्तो ठुलो सम्मान !

गो`ली लाग्दा पनि रोकिएनन् नेपाली विकास, अस्ट्रेलियाले दियो यस्तो ठुलो सम्मान !

भारतीले आफूलाई स्वागत गरेको र देशका लागि योगदान गर्ने अवसर दिएको अस्ट्रेलिया तथा त्यहाँको समुदायको सेवा गर्न पाउँदा भाग्यमानी महसुस गरेको बताए।

#प्रदान #सम्मान
Compare →

Related Stories

World News
Build #2611