बिहीबारदेखि पानी पर्ने मौसम विभागको पूर्वानुमानपछि किसानलाई धान काट्ने र भित्र्याउन भ्याइनभ्याइ छ ।
काठमाडौँ — यतिबेला किसानलाई धान काट्ने र भित्राउने चटारोले भ्याइनभ्याइ छ। दसैंको उल्लाससँगै खेतमा पँहेलपुर बनेर पाकेको धान लहलह झुलिरहेको समयमा मौसम विभागले आउँदो बिहीबारदेखि ठूलो वर्षा हुने पूर्वानुमान गरेपछि बाली भित्र्याउन किसानलाई भ्याइनभ्याइ सुरु भएको हो ।
गत असोज दोस्रो साता परेको अविरल वर्षाले क्षति पुर्याएको धान पाकेर भित्राउने बेलामा फेरि वर्षाले बिगार्ने हो कि भन्ने चिन्ताले किसान पिरोलिएका छन्। जसकारण उनीहरु बिहानैदेखि बेलुकासम्म खेतमा धान काट्ने, सुकाउने, झाँट्ने र भित्र्याउने चटारोमा छन्। पाल्पाबाट माधव अर्याल, चितवनबाट राजु चौधरी र गोरखाबाट भीमलाल श्रेष्ठको भिडियो रिपोर्ट :