Trending
Prev Story
Next Story

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

Nagarik News •
October 26, 2026 • 03:48 AM
1
1 reads 0 reactions

सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पार्दै रामारोशन गाउँपालिका–५ स्थित किनिमिनी पाटनमा ‘रामारोशन प्रिमियर लिग (सिजन–२)’ खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो।

रामारोशन एड्भेन्चर एन्ड इको स्पोर्ट क्लबको आयोजनामा हुन लागेको यो प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु हुने आयोजक क्लबका अध्यक्ष लक्ष्मण बोहराले जानकारी दिए। रामारोशनको प्राकृतिक सुन्दरता र शान्त वातावरणलाई खेलकुदका माध्यमबाट देश–विदेशमा चिनाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

यस प्रतियोगितालाई अछामको इतिहासमै सबैभन्दा ठूलो धनराशिको क्रिकेट प्रतियोगिताका रूपमा अघि सारिएको छ। प्रथम हुने टोलीलाई मेडल प्रमाणपत्रसहित दुई लाख र दोस्रो हुने टोलीलाई मेडल प्रमाणपत्रसहित एक लाख प्रदान गर्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा देशभरिका क्रिकेट क्लबहरूले सहभागिता जनाउने छन्। हिमालका सुन्दर ताल, विशाल पाटन र मनोरम दृश्यहरूबीच हुने यस प्रतिस्पर्धाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पनि आकर्षित गर्ने विश्वास स्थानीयवासी र सरोकारवालाहरूले लिएका छन्।

खेलकुदको उद्घाटनको दिन स्थानीय कला संस्कृति पञ्चेबाजा, देउडा, हुड्क्यौली, भुवो पनि प्रदर्शन हुने र जसले गर्दा पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।

खेलकुद हुन लागेको किनिमिनी मैदान रामारोशन क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान हो।

खेलकुद प्रतियोगिता आयोजनाका लागि क्लबले रामारोशन गाउँपालिका, रामारोशन पर्यटन विकास समितिलगायत विभिन्न स्थानीय तह र सहयोगीदाताबाट आर्थिक रकम सङ्कलन भइरहेको क्ल्बले जनाएको छ।

रामारोशन क्षेत्र पछिल्लो समय पेसा–व्यवसायमा व्यस्त भई चाडपर्वको समयमा गाउँ आएका व्याक्तिहरुका लागि पर्यटकीय गन्तव्य बनेको छ। त्यस्तै, रामारोशनमा पारिवारिक भ्रमण, संस्थागत भ्रमणमा आउनेहरूको पहिलो रोजाइको गन्तव्य रामारोशन हो। अहिले दैनिक जसो सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु रामारोशन घुम्न आउने गरेका छन्।

ठाउँ सुन्दर ,रमणिय र मनमोहक भएता पनि पर्याप्त पूर्वाधार बन्न नसकेको र पर्यटन क्षेत्रमा आउने जयगढ–रामारोशन सडक खण्ड निर्माण नहुँदा निकै सास्ती खेप्नु परेको पर्यटकहरुले गुनासो गर्ने गरेका रामारोशन पर्यटन विकास समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले बताए।

रामारोशनलाई पहिलो गन्तव्य बनाएर धेरै जसो पर्यटकहरु पोखरा, चितवन, काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पर्यटकहरु घुम्न आउने गरेका विकको भनाइ छ।

‘बाह्र बण्ड अठार खण्ड’ का नामले प्रसिद्ध रामारोशनमा १२ ठूल्ठूला तालहरु र १८ वटा ठूला घाँसेमैदान रामारोशनका आकर्षण हुन्। रामारोशन धार्मिक र पर्यटकीय रुपमा निकै महत्वपूर्ण क्षेत्र मानिन्छ। धार्मिक रूपमा रामारोशन क्षेत्रमा विभिन्न देवीदेवताहरुको बास भएको र प्राचीन कालमा शिवपार्वतीले रामारोशनमा तपस्या गरेको किंवदन्ती रहेको छ। त्यसैले रामारोशनलाई देव, पुण्यभूमि पनि भनिन्छ।

प्रकाशित: ९ कार्तिक २०८३ ०९:३३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
12h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट #सुदूरपश्चिम
Compare →
Hamro Patro News
1d ago
त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार साविक विजेता लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न आज पनि ठूलो संख्यामा दर्शक ...

#क्रिकेट #मैदान
Compare →
Ekantipur
13h ago
काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

पहिलो खेल साढे १२ बजेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

#क्रिकेट #सुदूरपश्चिम
Compare →
Onlinekhabar
18h ago
एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् …

#क्रिकेट #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2611