Trending
Prev Story
Next Story

कपिलवस्तुमा लागूऔषध कारोबार: ३० अभियुक्त पक्राउ

Nagarik News •
October 26, 2026 • 07:11 AM
1
1 reads 0 reactions

कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन्।

कपिलवस्तुमा लागूऔषध कारोबार: ३० अभियुक्त पक्राउ

कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन्।

त्यस अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइनसहित विभिन्न लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा २३ पुरुष र सात महिला छन्।

उक्त  अवधिमा पाँच किलो २२५ ग्राम चरेस, १० किलो ३६४ ग्राम अफिम, १३० ग्राम गाँजा पनि बरामद गरिएको विवरणमा उल्लेख छ। प्रहरीले २० नाइट्राभेट, आठ स्पास्मो र कोडिन सिरफका एक बोतल बरामद गरेको छ।

प्रहरीले गएराति कपिलवस्तुको शिवराज नगरपालिका-२ हल्लानगरबाट खैरो हेरोइन जस्तो पदार्थसहित २३ बर्से अस्मिता बोहरा पक्रिएको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले गएराति निज बोहराको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए।

प्रकाशित: ९ कार्तिक २०८३ १२:५६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
कपिलवस्तुमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्वारा दुई राउण्ड हवाई फायर, दुई जना पक्राउ

कपिलवस्तुमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्वारा दुई राउण्ड हवाई फायर, दुई जना पक्राउ

कपिलवस्तु : लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिने क्रममा कपिलवस्तुमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण खाजा ...

#लागूऔषध #कपिलवस्तु
Compare →
Onlinekhabar
1w ago
कपिलवस्तुमा हवाई फायर गरेर २ जना लागुऔषध कारोबारी पक्राउ

कपिलवस्तुमा हवाई फायर गरेर २ जना लागुऔषध कारोबारी पक्राउ

१ कात्तिक, काठमाडौं । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई …

#कपिलवस्तु
Compare →
Ekantipur
2w ago
कपिलवस्तुमा बेवारिसे अवस्थामा झण्डै २३ लाख बराबरका सेक्स टोयज बरामद

कपिलवस्तुमा बेवारिसे अवस्थामा झण्डै २३ लाख बराबरका सेक्स टोयज बरामद

कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्कनजिकबाट बिहीबार २२ लाख ९३ हजार १०० रुपैयाँ मूल्य बराबरका विभिन्न यौन खेलौना तथा चार्जर बरामद गरिएको हो ।

#बरामद #कपिलवस्तु
Compare →

Related Stories

Technology
Build #2611