Trending
Prev Story
Next Story

कपिलवस्तुमा हवाई फायर गरेर २ जना लागुऔषध कारोबारी पक्राउ

Onlinekhabar •
November 01, 2026 • 12:30 PM
1
1 reads 0 reactions

१ कात्तिक, काठमाडौं । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई …

कपिलवस्तुमा हवाई फायर गरेर २ जना लागुऔषध कारोबारी पक्राउ

१ कात्तिक, काठमाडौं । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

भैरहवाबाट खटिएको प्रहरी टोलीले आइतबार उक्त स्थानमा खोजतलास तथा अनुसन्धान गर्ने क्रममा शंकास्पद दुई जनालाई चेकजाँच गर्न खोजेको थियो । सो क्रममा उनीहरूले प्रहरीमाथि प्रतिकार गर्न थालेपछि चेतावनीस्वरूप प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो ।

त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–११ का ३४ वर्षीय सलाउद्दिन मुसलमान र वडा नम्बर १२ का २८ वर्षीय उमेश थारू रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट २८.८२० ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको छ । त्यस्तै, भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र दुईवटा मोबाइल पनि बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा बुझाइएको ब्युरोले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
काठमाडौंको गाम्चामा हवाई फायरपछि एक जना पक्राउ

काठमाडौंको गाम्चामा हवाई फायरपछि एक जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे ३१ वर्षीय सुजन तामाङलाई नियन्त्रणमा लिइएको हो।

#हवाई #फायर
Compare →
Hamro Patro News
1w ago
कांग्रेसले भन्यो - भय र भ्रम सिर्जना गरेर सत्ता चलाउने धन्दा बन्द गर

कांग्रेसले भन्यो - भय र भ्रम सिर्जना गरेर सत्ता चलाउने धन्दा बन्द गर

काठमाडौं । नेपाली कांग्रेसले सरकारमाथि स्वेच्छाचारी र निरङ्कुश बन्दै नागरिक तथा प्रतिपक्षका आवाज दबाउन खोजेको आरोप लगाउँदै भय र भ्रम सिर्जना गरेर सत्ता चलाउने धन्दा बन्द गर्न आग्रह गरेको छ । कांग्...

#गरेर
Compare →
Ekantipur
6d ago
इरानको हवाई प्रतिरक्षा प्रणाली ५ मिनेटमै ध्वस्त पार्‍यौं : ट्रम्प

इरानको हवाई प्रतिरक्षा प्रणाली ५ मिनेटमै ध्वस्त पार्‍यौं : ट्रम्प

इरानी सञ्चारमाध्यमले केशममा दुई क्षेप्यास्त्र प्रहार र अमेरिकी एमक्यू–९ ड्रोन खसालिएको दाबी गरेपछि ट्रम्पको भनाइ आएको हो।

#हवाई
Compare →

Related Stories

Technology
Build #2611