Trending
Prev Story
Next Story

इरानको हवाई प्रतिरक्षा प्रणाली ५ मिनेटमै ध्वस्त पार्‍यौं : ट्रम्प

Ekantipur •
November 07, 2026 • 06:01 AM
1
1 reads 0 reactions

इरानी सञ्चारमाध्यमले केशममा दुई क्षेप्यास्त्र प्रहार र अमेरिकी एमक्यू–९ ड्रोन खसालिएको दाबी गरेपछि ट्रम्पको भनाइ आएको हो।

इरानको हवाई प्रतिरक्षा प्रणाली ५ मिनेटमै ध्वस्त पार्‍यौं : ट्रम्प

इरानी सञ्चारमाध्यमले केशममा दुई क्षेप्यास्त्र प्रहार र अमेरिकी एमक्यू–९ ड्रोन खसालिएको दाबी गरेपछि ट्रम्पको भनाइ आएको हो।

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको केशम टापुमा अमेरिकी सेनाले आक्रमण गरेको पुष्टि गरेका छन् । शुक्रबार अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी आक्रमण गरेको उनले बताएको  समाचारसंस्था अलजिजरा ले उल्लेख गरेको छ ।

फ्लोरिडाको वेस्ट पाम बिचमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले नयाँ हवाई प्रतिरक्षा उपकरण बनाएको र अमेरिकी सेनाले त्यसलाई केही मिनेटमै ध्वस्त पारेको दाबी गरे ।

'हामी सामान्य आक्रमण गर्छौं । उनीहरूले केही हवाई प्रतिरक्षा उपकरण बनाएका थिए । हामीले त्यसलाई करिब १५ मिनेटमा, सम्भवतः पाँच मिनेटमै ध्वस्त पार्‍यौं,' उनले भने ।

ट्रम्पको यो भनाइ होर्मुज जलडमरूमध्यस्थित केशम टापुको सुजा क्षेत्रमा दुईवटा क्षेप्यास्त्र आक्रमण भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएपछि आएको हो । होर्मुज जलडमरूमध्य विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक हो ।

इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले इरानी सेनाको वक्तव्य उद्धृत गर्दै केशम टापुमाथि उडिरहेको अमेरिकी एमक्यू–९ ड्रोनलाई इरानी हवाई प्रतिरक्षा बलले अवरोध गरी खसालेको जनाएको छ ।

केशम टापुमा विस्फोटका आवाज सुनिएको समाचार सार्वजनिक भएपछि अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले त्यहाँको अवस्था तुलनात्मक रूपमा शान्त रहेको जनाएको छ । सेन्टकमका एक अधिकारीले अलजजिरासँग घटनाबारे जानकारी रहेको तर थप टिप्पणी गर्न नसकिने बताएका छन् ।

यसैबीच, सेन्टकमले शुक्रबार राति सामाजिक सञ्जाल एक्समार्फत इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई २ करोड डलरसम्म पुरस्कार र सम्भावित पुनर्वासको सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । आणविक कार्यक्रमसँग सम्बन्धित केन्द्र, उपकरण, वैज्ञानिक तथा तिनको आवागमनबारे सूचना दिनेलाई यस्तो पुरस्कार दिइने सेन्टकमले जनाएको छ ।

यसअघि सोमबार पनि केशम टापुमा विस्फोटका घटना भएको इरानी सञ्चारमाध्यमले जनाएका थिए । त्यही समयमा अमेरिकी सञ्चारमाध्यमहरूले होर्मुज जलडमरूमध्यमा अमेरिकी सेनाले रक्षात्मक आक्रमण गरेको समाचार सार्वजनिक गरेका थिए ।

अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेपछि इरानमाथि शुक्रबार आक्रमण भएको हो । निर्वाचन परिणामको दोष ट्रम्पले इरानसँगको युद्धलाई दिएका थिए ।

मध्यावधि निर्वाचनपछि ट्रम्पले इरानमाथि आक्रमण गर्ने चेतावनी दिने र युद्ध अन्त्यको सहमति नजिक पुगेको संकेत गर्ने दुवैखाले अभिव्यक्ति दिँदै आएका छन् । बिहीबार उनले अमेरिकाले इरानको बाँकी संरचना ध्वस्त पार्नुपर्ने हुन सक्ने बताएका थिए ।

द न्युयोर्क टाइम्सले बुधबार पेन्टागनका अधिकारी र सैन्य कमान्डरहरूलाई उद्धृत गर्दै अमेरिकाका हजारौं हवाई तथा नौसैनिक फौज इरानविरुद्ध ठूलो स्तरको सैन्य कारबाही पुनः सुरु गर्न तयारी अवस्थामा रहेको जनाएको थियो ।

एक दर्जनभन्दा बढी पानीजहाज तथा मध्यपूर्व र अमेरिकाका सैन्य अखडामा ती फौज तैनाथ रहेको र ट्रम्पको आदेश पाएलगत्तै परिचालन हुन सक्ने समाचारमा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
12h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#अमेरिकी #ट्रम्प #इरान
Compare →
Nagarik News
5h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#अमेरिकी #इरान #ध्वस्त
Compare →
Hamro Patro News
8h ago
बहराइनमा अमेरिकी राडार ध्वस्त पारेको इरानको दाबी

बहराइनमा अमेरिकी राडार ध्वस्त पारेको इरानको दाबी

इरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरी नष्ट गरेको दाबी गरेको छ । इरानी सरकारी प्रसारकले शुक्रबार सार्वजनिक ग...

#अमेरिकी #इरान #ध्वस्त
Compare →
Onlinekhabar
13h ago
ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

२७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको …

#ट्रम्प #इरान
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#अमेरिकी #ट्रम्प #इरान
Compare →

Related Stories

World News
Build #2611