Trending
Prev Story
Next Story

जापानका पूर्वप्रधानमन्त्री फुकुदाको निधन

Ekantipur •
October 26, 2026 • 07:31 AM
1
1 reads 0 reactions

फुकुदाले सन् २००७ सेप्टेम्बरदेखि एक वर्ष जापानको नेतृत्व गरेका थिए । प्रधानमन्त्री रहँदा फुकुदाले चीनसँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिएका थिए

जापानका पूर्वप्रधानमन्त्री फुकुदाको निधन

फुकुदाले सन् २००७ सेप्टेम्बरदेखि एक वर्ष जापानको नेतृत्व गरेका थिए । प्रधानमन्त्री रहँदा फुकुदाले चीनसँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिएका थिए

टोकियो — जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ । उनको निधन अक्टोबर २२ मा भएको जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका एक अधिकारीले एएफपीलाई बताएका छन् ।

फुकुदाले सन् २००७ सेप्टेम्बरदेखि एक वर्ष जापानको नेतृत्व गरेका थिए । प्रधानमन्त्री रहँदा फुकुदाले चीनसँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिएका थिए ।

उनले तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई जापान भ्रमणको निमन्त्रणा दिएका थिए । सन् २००८ मेमा भएको उक्त भ्रमण एक दशकपछि जापान भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रप्रमुखको भ्रमण थियो ।

भ्रमणका क्रममा दुवै नेताले ‘साझा रणनीतिक हितमा आधारित पारस्परिक लाभदायक सम्बन्ध’ निर्माण गर्ने प्रतिबद्धतासहित संयुक्त वक्तव्य जारी गरेका थिए ।

लोकप्रियता घटेपछि फुकुदाले सन् २००८ सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । सन् २०१२ मा सक्रिय राजनीतिबाट अवकाश लिएका थिए ।

विवादित टापु र ऐतिहासिक मुद्दालाई लिएर जापान र चीनबीचको सम्बन्ध बिग्रँदै गएपछि फुकुदा सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्न चीन भ्रमणमा गएका थिए । उक्त भ्रमणले सी र आबेबीच शिखर बैठकका लागि मार्ग प्रशस्त गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
12h ago
बंगलादेश पुग्नेबित्तिकै मलाई ह`त्या गर्न पनि सक्छन् : पूर्वप्रधानमन्त्री हसिना

बंगलादेश पुग्नेबित्तिकै मलाई ह`त्या गर्न पनि सक्छन् : पूर्वप्रधानमन्त्री हसिना

उनले सन् १९८१ र २००७ मा पनि विभिन्न जोखिमका बाबजुद बंगलादेश फर्किएको स्मरण गरिन्। सन् १९८१ मा सैन्य शासन रहेका बेला र सन् २००७ मा पक्राउ पर्न सक्ने सम्भावना हुँदाहुँदै स्वदेश फर्किएको उनको भनाइ छ।

#सन् #२००७ #पूर्वप्रधानमन्त्री
Compare →
Arthasansar
1w ago
जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ‘नेपाल हाउस’ निर्माणका लागि खरिद प्रक्रियामा रहेको चिबास्थित जग्गा संस्थाले परिकल्पना गरेको परियोजनाका लागि उपयुक्त...

#जापान
Compare →
Hamro Patro News
1w ago
जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ: परराष्ट्रमन्त्री खनाल

जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको बताएका छन् । साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एस...

#जापान
Compare →
Onlinekhabar
10h ago
कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

२७ कात्तिक, चितवन । चितवनमा कारको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ । भरतपुर महानगरपालिका–१६ फुर्तीचोकस्थित सडकमा फुर्तीचोकबाट नविन चोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभीले सोही महानगरपालिका–१५ बस्ने ३० वर्षीया पार्बती भुजेललाई ठक्कर …

#निधन
Compare →
Bizshala
3d ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#निधन
Compare →

Related Stories

Politics & Governance
Build #2612