Trending
Prev Story
Next Story

निर्वासनमा रहेकी भेनेजुएलाकी विपक्षी नेतृ स्वदेश फिर्ता

Ekantipur •
October 26, 2026 • 07:31 AM
1
1 reads 0 reactions

मचाडोका समर्थकहरुले भेनेजुएलामा नयाँ निर्वाचन माग गरिरहेका छन्

निर्वासनमा रहेकी भेनेजुएलाकी विपक्षी नेतृ स्वदेश फिर्ता

मचाडोका समर्थकहरुले भेनेजुएलामा नयाँ निर्वाचन माग गरिरहेका छन्

काठमाडौँ — भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो करिब एक वर्षको निर्वासनपछि आइतबार स्वदेश फर्किएकी छिन् । उनको स्वागतमा हजारौँ समर्थकले राष्ट्रिय झण्डा फहराउँदै ‘स्वतन्त्रता’ को नारा लगाएका थिए ।

मचाडोको पुनरागमनलाई राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको भेनेजुएलामा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । उनका समर्थकहरूले निर्वाचनको माग गरिरहेका बेला अन्तरिम सरकारले चुनावको मिति भने तय गरेको छैन ।

मचाडो गत डिसेम्बरमा नोबेल पुरस्कार ग्रहण गर्न देश छाडेकी थिइन् । उनको पार्टीका अनुसार त्यसयता, स्वदेश फर्कनका लागि गरिएका कम्तीमा सात प्रयास असफल भएका थिए ।

उनका राजनीतिक प्रतिद्वन्द्वी राष्ट्रपति निकोलस मदुरो नौ महिनाअघि अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेपछि अमेरिकाको जेलमा छन् । त्यसपछि मदुरोकी सहयोगी डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति बनेकी थिइन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मचाडोको स्वदेश फिर्तीबारे आफूलाई जानकारी नभएको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्तामार्फत भेनेजुएलामा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन र स्थायी लोकतन्त्र स्थापना गर्ने अवसर रहेको बताएका छन् ।

मचाडोको पार्टीले सन् २०२७ मा निर्वाचन गराउन र उनलाई राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी हुन दिन माग गरेको छ । निर्वाचनपछिको दमनमा २८ जनाको मृत्यु भएको र दुई हजार चार सयभन्दा बढी पक्राउ परेको विवरण छ ।

विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलामा हाल दैनिक करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन भइरहेको छ । एक दशकअघि उत्पादन दैनिक ३० लाख ब्यारेल थियो । अन्तरिम सरकारले अमेरिकी तथा विदेशी कम्पनीलाई तेल र ग्यासको खोजी, उत्पादन र निर्यातमा पहुँच दिने सम्झौता गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन माग गर्दै उनका समर्थकहरू सडकमा उत्रिएपछि देशभर तनाव र हिंसा भड्किएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका ...

#स्वदेश
Compare →
Nagarik News
3d ago
स्थानीय तहदेखि प्रदेशसभा र राष्ट्रिय सभासम्म रिक्त रहेका जनप्रतिनिधि

स्थानीय तहदेखि प्रदेशसभा र राष्ट्रिय सभासम्म रिक्त रहेका जनप्रतिनिधि

निर्वाचन आयोगका अनुसार स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद रिक्त छन् ।

#निर्वाचन #रहे
Compare →

Related Stories

Politics & Governance
Build #2612