Trending
Prev Story
Next Story

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

Nagarik News •
October 26, 2026 • 02:12 AM
1
1 reads 0 reactions

समाचारको सारांशसिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्यसिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्यसिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ।  त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ (कात्तिक १४) मा नेपथ्य गुन्जन लागेको छ।

सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो। भारतको ८० औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्रित गरेर तयार पारिएको नेपथ्य अङ्कित टिसर्ट सार्वजनिक गरेका थिए।

नेपथ्य सिक्किममा चौथो पटक प्रस्तुत हुन लागेको हो। राजधानीकै मुख्य स्टेडियममा आयोजना हुन लागेको हिसाबले कन्सर्ट भव्य र सिक्किममा नेपथ्यको उपस्थितिका हिसाबले विशेष हुने विश्वास आयोजकहरूले लिएका छन्। निकै अघिदेखि फुटबल प्रतियोगिता आयोजना हुँदै आएको पाल्जोर स्टेडियम तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलामद्वारा उद्घाटन गराएर बहुउद्देश्यीय स्टेडियमका रूपमा विकास गरिएको हो।

‘कन्सर्ट आयोजनादेखि साधनस्रोतसम्म जुटाउन चौतर्फी हिसाबले व्यापक तयारी अघि बढिसकेको छ,’ आयोजक पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कका विकेश कायस्थले प्रतिक्रिया दिए, ‘मैदानको व्यवस्थापन र सुरक्षालाई विशेष प्राथमिकतामा राखेका छौँ।’

सिक्किमवासीले पछिसम्मै याद राख्ने हिसाबले कन्सर्टको तयारी भइरहेको उनले जानकारी दिए। हिमाली राज्यको सुन्दरताको प्रवर्द्धन र तन्नेरी पुस्ताको मनोबल उकास्ने अवसरका हिसाबले पनि कन्सर्टलाई अघि बढाइएको उनको भनाइ छ।

कार्यतालिका अनुसार ३१ तारिखको बेलुकी ठीक ५ बजे पाल्जोर स्टेडियमका ढोकाहरू खुला गरिनेछन् भने बेलुकी ठीक ७ बजे कन्सर्ट सुरु हुनेछ।

सिक्किममा नेपाली, भुटिया र लेप्चा लोक परम्पराबाट विकास भएका सङ्गीत आम रूपमा प्रचलित छन्। नेपालमा जस्तै मादल, सारङ्गी, डम्फु, टुङ्नादेखि नौमतीसम्मका वाद्ययन्त्रको व्यापक प्रयोग गर्ने त्यहाँको समाजले तामाङ सेलो सर्वाधिक रुचाउँछ। सिक्किमका पहाडमा पनि झ्याउरे, दोहोरी, सेलो, मारुनी, चुट्का र सोरठीजस्ता भाकाहरू गुन्जने गरेका छन्।

पालाम गाउने, च्याब्रुङ बजाउनेरनाच्ने गरिन्छ।

नेपालसँग ठ्याक्कै मिल्ने गरी रोपाइँदेखि मेलापात र चाडपर्व सङ्गीतकै भाकामा सम्पन्न हुँदै आएका छन्।

यस्तोमा नेपालका ग्रामीण भेगहरू डुलेर सङ्कलन गरिएका नेपथ्यका गीतहरूलाई सिक्किमका श्रोताले धेरै पहिलेदेखि मन पराउँदै आएका छन्। त्यहाँका रेडियोहरूमा नेपथ्यका गीतहरू उत्तिकै घन्किने गरेका छन्। कन्सर्टका निम्ति पुगेका बेला गायक अमृत गुरुङका अन्तर्वार्ता पनि बज्ने गरेका छन्।

‘सिक्किमका रेडियोमा बज्ने नेपथ्यका गीतहरू सुनेर प्रभावित श्रोताले पठाउने गरेका मायालु सन्देश मैले बेलाबेला पाउने गरेको छु,’ ब्यान्डका अगुवासमेत रहेका गायक अमृत भन्छन्, ‘यो पाला रङ्गशालामै आयोजना हुन लागेको कन्सर्टलाई लिएर उत्साहपूर्ण समाचारहरू प्राप्त भइरहँदा हौसला झनै बढेको छ।’

अमृतका अनुसार नेपथ्य ब्यान्डको स्थापनालगत्तै सबैभन्दा पहिले कन्सर्टका लागि निम्तो दिनेमा सिक्किम–दार्जिलिङ भेगकै दर्शक थिए।

‘अन्तर्राष्ट्रिय भेन्युदेखि साना गाउँहरूसम्म ब्यान्डलाई उत्तिकै स्तरमा प्रस्तुत गर्ने काम केही वर्षदेखि सफलतापूर्वक सम्पन्न हुँदै आएको छ,’ ब्यान्डलाई प्रवर्द्धन एवं परिचालन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘एक महिनायता मात्रै दक्षिण कोरिया, दुबई र काठमाडौंको भव्य आयोजनाका बीच दर्शकबाट जेजस्तो उत्साहप्रद प्रतिक्रिया पाएका थियौँ, त्यस्तै प्रतिक्रिया सिक्किममा पनि पाउने विश्वास लिएका छौँ।’

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्।

सिक्किमपछि नेपथ्य पूर्वी नेपालका दुई सहरमा प्रस्तुत हुनेछ। कात्तिक १८ मा इटहरी र कात्तिक २१ मा झापाको चारआलीमा नेपथ्यले लोकरक गुन्जाउनेछ। तिहारपछि ब्यान्डले फेरि मुलुकका चार साना तथा मझौला सहरको साङ्गीतिक यात्रा गर्नेछ। त्यसपछि नेपथ्यले डिसेम्बरमा अस्ट्रेलियाको यात्रा गर्ने छ।

यी सबै कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ ०७:५७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
सिक्किमको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

सिक्किमको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

काठमाडौं । भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकका बासिन्दाले ‘ऐतिहासिक’ संज्ञा दिएका छन् । ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबु...

#नेपथ्य #सिक्किम #पाल्जोर
Compare →
Onlinekhabar
1w ago
गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

गान्तोक । भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकबासीले ‘ऐतिहासिक’ संज्ञा दिएका छन् । ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखेका छन्, ‘नेपाली सङ्गीत मन पराउने सबैका निम्ति …

#नेपथ्य #पाल्जोर #स्टेडियम
Compare →
Ekantipur
1w ago
सौराहा तेक्वान्दो च्याम्पियनसिपमा प्रस्तुत र दीक्षाले जिते स्वर्ण

सौराहा तेक्वान्दो च्याम्पियनसिपमा प्रस्तुत र दीक्षाले जिते स्वर्ण

चितवनस्थित रत्ननगर नगरपालिकामा शनिबार भएको च्याम्पियनसिपमा प्रस्तुतले ग्योरोगीतर्फ क्याडेट पुरुष ३३ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।

#प्रस्तुत
Compare →
Setopati
4w ago
नेपथ्यको लोकरकमा झुम्यो कीर्तिपुर

नेपथ्यको लोकरकमा झुम्यो कीर्तिपुर

'त्यतिबेला कीर्तिपुरका फाँटहरू जताततै खाली देखिन्थे,' उनले भने, 'हामी विशेषगरी भाषा र संस्कृतिबारे अनेक बहस गथ्र्यौं।'

#नेपथ्य
Compare →

Related Stories

Sports
Build #2611