Trending
Prev Story
Next Story

गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

Onlinekhabar •
November 03, 2026 • 12:00 PM
1
1 reads 0 reactions

गान्तोक । भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकबासीले ‘ऐतिहासिक’ संज्ञा दिएका छन् । ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखेका छन्, ‘नेपाली सङ्गीत मन पराउने सबैका निम्ति …

गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

गान्तोक । भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकबासीले ‘ऐतिहासिक’ संज्ञा दिएका छन् । ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखेका छन्, ‘नेपाली सङ्गीत मन पराउने सबैका निम्ति नेपथ्य कन्सर्ट ऐतिहासिक क्षण बन्न पुगेको छ ।’

यस रंगशालामा अरू बेला प्यारापिटभरि बसेर मैदानमा खेल हेर्ने गरेका दर्शक आइतबार राति भने नेपथ्यको लोकरकसँग झुमे । भित्र प्रस्तुति भइरहँदा बाहिर ढोकाहरूमा प्रवेशका निम्ति प्रयासरत दर्शकको भीड थियो । भीड नियन्त्रणका लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

लेप्चाका अनुसार कन्सर्ट सकिएपछि पनि सडकमा गाउँदै र नाच्दै हिँड्नेहरूको भीड थियो । भीडले धकेलेरै करिब एक किलोमिटर दूरीमा रहेको घरमा पुगेको भन्दै उनले ठट्टा गरेका छन् । ‘भिडसँगै बहे जस्तो, हिँड्नै परेन’ उनले भने ।

यो कन्सर्ट शनिबार हुने गरी तय गरिएको थियो । तर बङ्गालको खाडीमा विकसित ‘चक्रवात अर्नब’ को प्रभावले पानी पर्ने जोखिम देखाएपछि आइतबारका लागि सारिएको थियो।

सिक्किमेली लेखक प्रज्वल पराजुलीका नजरमा यस्तो भव्यताको अनुमान पहिल्यै भइसकेको थियो । ‘केही सातायता गान्तोकमा जताततै कुराकानीको विषय नै नेपथ्य बनेको देखिन्थ्यो ।

तोकिएकै समयमा सुरु भएको कन्सर्टभर नेपथ्यका नयाँ र पुराना गीतहरू दर्शकको स्वादअनुसार प्रस्तुत गरिएका थिए ।

‘अस्ति रसुवामा बाढी आउँदा सिक्किमले माया गरेर राहत पठाएको क्षण हामी सम्झिरहेका छौँ,’ गायनकै क्रममा नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङले भने, ‘सुखदुःखको हाम्रो यो सम्बन्ध सदैव कायम रहोस् ।’

कार्यक्रमकै बीच अमृतले भने, ‘सिक्किममा नेपाली भाषा आम प्रचलनमा छ । तर अहिलेको पुस्तामा नेपाली लेख्ने र पढ्ने प्रवृति घट्दो छ । यसको लेखपढलाई पनि उत्तिकै प्राथमिकता दिइए हामी बीचको भाइचारा सदियौं कायम रहने छ । ‘ अमृतको भनाइलाई दर्शकले गडगडाहट तालीसाथ स्वागत गरे ।

कन्सर्टमा सबै उमेरका दर्शक रमाएका देखिन्थे । मञ्चको अघिल्लो लहरमा उभिएका केही पाका महिलाको उत्साह झनै रोचक देखिन्थ्यो । ‘यताका सबै उमेर समूहमा हाम्रा गीतहरू यति लोकप्रिय होलान् भन्ने लागेको थिएन’ अमृतले भने, ‘यस्तो माया पाएर म भावुक बनेको छु ।’

कन्सर्ट हेर्न सिक्किमभन्दा निकै परका दर्शकको पनि उपस्थिति थियो ।

नेपथ्य अनुभव गर्नकै लागि मिजोरमको लाछेदेखि गान्तोक पुगेका साथीहरूको जमातमा थिए आशिष क्षेत्री ।

‘पोहोर सिलिगुडीमा नेपथ्यको कन्सर्ट हेरेर फर्किएकी दिदीको बयान सुनेपछि यो पाला आफूलाई थाम्न सकिनँ’ आशिष भनिरहेका थिए, ‘नेपथ्यको यो मेरो पहिलो अनुभव नै जीवनभरका लागि मिठो सम्झना हुने भयो ।’

कन्सर्ट हेर्नकै लागि भुटानको चिराङबाट १४ घण्टा मोटरयात्रा गर्दै लोकी खरेल पनि आइपुगेका थिए । ‘आफूभन्दा धेरै जेठो ब्यान्डको कन्सर्टबाट मलाई आजसम्मकै सर्वाधिक ऊर्जा मिल्नेछ भन्ने कल्पनै गरेको थिइनँ,’ आधा दर्जनभन्दा बढी नेपाली साङ्गीतिक प्रस्तुति अनुभव गरिसकेका २६ वर्षीय लोकी सोमबार गान्तोकबाट फर्कँदै गर्दा भनिरहेका थिए, ‘रातिको कन्सर्टको रन्कोले अझै छाडेको छैन ।’

कन्सर्टको सफलताले आफूहरूलाई भावुक बनाएको स्थानीय आयोजक ‘पोजिटिभ भाइब्स’ ले जनाएको छ । ‘नौ महिना लामो प्रयासले यसरी सिक्किमलाई सदाका लागि स्मरणीय साँझ दिएको छ,’ आयोजकका तर्फबाट विकेस कायस्थले भने । सफलताका लागि उनले सिक्किम सरकार र मातहतका निकायप्रति हामी अभार प्रकट गरे ।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

सिक्किमपछि नेपथ्य पूर्वी नेपालका दुई सहरमा प्रस्तुत हुँदै छ । यसै कात्तिक १८ ब्यान्डको प्रस्तुति इटहरीमा हुँदै छ । इटहरीपछि कात्तिक २१ मा झापाको चारआलीमा लोकरक गुन्जिनेछ । त्यसपछि टोली काठमाडौँ फर्किनेछ ।

तिहारपछि ब्यान्ड फेरि चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुनेछ । त्यसपछि अस्ट्रेलियाको शृङ्खलाबद्ध यात्रा हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

गान्तोक – भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकका बासिन्दाले ‘ऐतिहासिक’ संज्ञा दिएका छन्। ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकम...

#गान्तोक #नेपथ्य #ऐतिहासिक
Compare →
Nagarik News
2w ago
सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

समाचारको सारांशसिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्यसिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्यसिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

#नेपथ्य #पाल्जोर #स्टेडियम
Compare →
Ekantipur
1w ago
नेपथ्यको कन्सर्टमा झुम्यो इटहरी

नेपथ्यको कन्सर्टमा झुम्यो इटहरी

नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा दिएको सांगीतिक प्रस्तुतिमा करिब १० हजार दर्शक झुमेका छन्।

#नेपथ्य #कन्सर्ट
Compare →
Setopati
3w ago
नेपाललाई चाहिएको छ ७ अर्ब रूपैयाँ, जलवायु कोषले छुट्टयायो ३ अर्ब, तैपनि किन ऐतिहासिक?

नेपाललाई चाहिएको छ ७ अर्ब रूपैयाँ, जलवायु कोषले छुट्टयायो ३ अर्ब, तैपनि किन ऐतिहासिक?

रोचक कुरा के छ भने, अन्तर्राष्ट्रिय जलवायु राजनीतिमा यही निर्णयलाई 'ऐतिहासिक' मानिएको छ। जलवायु विज्ञ मञ्जित ढकालले पनि बैठकपछि सेतोपाटीसँग कुरा गर्दै 'ऐतिहासिक निर्णय' भनेका थिए। उनले यसो किन भने?

#ऐतिहासिक
Compare →

Related Stories

Sports
Build #2611