Trending
Prev Story
Next Story

‘ब्रेकिङ ब्याड’का अभिनेता मिट्टेको ३४ वर्षको उमेरमा निधन

Nagarik News •
October 13, 2026 • 06:20:01 PM
1
1 reads 0 reactions

उनका प्रतिनिधिहरूले सोमबार उनको निधन भएको बताएका हुन्। टेक्सासको ब्राउन्सभिलस्थित आफ्नै घरमा उनलाई मृत घोषित गरिएको थियो। मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम गरिने बताइएको छ।

‘ब्रेकिङ ब्याड’का अभिनेता मिट्टेको ३४ वर्षको उमेरमा निधन

लोकप्रिय अमेरिकी टेलिभिजन शृंखला ‘ब्रेकिङ ब्याड’मा वाल्टर ह्वाइट जुनियरको भूमिका निभाएका अभिनेता तथा अपांगता अधिकार अभियन्ता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।

उनका प्रतिनिधिहरूले सोमबार (स्थानीय समय) उनको निधन भएको बताएका हुन्। टेक्सासको ब्राउन्सभिलस्थित आफ्नै घरमा उनलाई मृत घोषित गरिएको थियो। मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम गरिने बताइएको छ।

तीन वर्षको उमेरमा सेरेब्रल पाल्सी भएको पत्ता लागेका मिट्टेले ‘ब्रेकिङ ब्याड’का पाँचै सिजनमा अभिनय गरेका थिए। सन् २००८ देखि २०१३ सम्म प्रसारण भएको उक्त शृंखलामा उनले अभिनेता ब्रायन क्र्यान्स्टनले निभाएको वाल्टर ह्वाइटको छोराको भूमिका निर्वाह गरेका थिए।

मिट्टेले ‘स्विच्ड एट बर्थ’ र ‘गार्डियन्स अफ जस्टिस’जस्ता शृंखलामा पनि अभिनय गरेका थिए। उनी केही स्वतन्त्र चलचित्रका निर्माता पनि थिए।

अभिनयसँगै उनी अपांगता भएका व्यक्तिको अधिकार र समावेशीकरणका लागि सक्रिय थिए। उनले युनाइटेड सेरेब्रल पाल्सी र श्राइनर्स चिल्ड्रेन्सका लागि राजदूतका रूपमा काम गरेका थिए। साथै, आफ्नै मिट्टे फाउन्डेसनमार्फत अपांगता भएका व्यक्तिलाई सहयोग गर्दै आएका थिए।

उनका प्रतिनिधिहरूका अनुसार मिट्टेले आफ्नो पहिचान र लोकप्रियतालाई अपांगताप्रतिको गलत धारणा हटाउन र समाजमा समावेशीकरण बढाउन प्रयोग गरेका थिए।

प्रकाशित: २७ आश्विन २०८३ ०६:३१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
चर्चित हलिउड अभिनेता प्याट्रिक स्टेवार्टको ८६ वर्षको उमेरमा निधन

चर्चित हलिउड अभिनेता प्याट्रिक स्टेवार्टको ८६ वर्षको उमेरमा निधन

काठमाडौं । ‘स्टार ट्रेक’ मा क्याप्टेन जिन–लुक पिकार्ड र ‘एक्स-मेन’ चलचित्रमा प्रोफेसर चार्ल्स जेभियरको भूमिका निर्वाह गरेर विश्वभर चर्चित बनेका बेलायती अभिनेता प्याट्रिक स्टेवार्टको निधन भएको छ । उ...

#निधन #अभिनेता #वर्षको
Compare →
Ekantipur
3w ago
बझाङको बुंगल–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको निधन

बझाङको बुंगल–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको निधन

बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष जोशीको खर काट्ने क्रममा भिरबाट लडेर निधन भएको हो ।

#निधन
Compare →
Bizshala
3d ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#निधन
Compare →
Onlinekhabar
1w ago
‘ब्रेकिङ ब्यारियर्स’ परियोजना सुरु, ४ क्षेत्रमा काम गर्ने

‘ब्रेकिङ ब्यारियर्स’ परियोजना सुरु, ४ क्षेत्रमा काम गर्ने

१८ कात्तिक, काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र नेतृत्व विकास गर्दै नीति निर्माण तथा निर्णय प्रक्रियामा पहुँच बढाउने उद्देश्यसहित ‘ब्रेकिङ ब्यारियर्स’ (अवरोध भत्काउँदै) परियोजना सुरु भएको छ । युरोपेली संघको आर्थिक सहयोगमा …

#ब्रेकिङ
Compare →

Related Stories

National (Nepal)
Build #2611