Trending
Prev Story
Next Story

ओमानविरुद्ध नेपालको सुस्त ब्याटिङ, १० ओभरमा ३३ रन

Nagarik News •
October 13, 2026 • 06:20:01 PM
1
1 reads 0 reactions

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सुस्त ब्याटिङ गरेको छ।

ओमानविरुद्ध नेपालको सुस्त ब्याटिङ, १० ओभरमा ३३ रन

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सुस्त ब्याटिङ गरेको छ। अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभरको खेल सकिँदा एक विकेट गुमाएर ३३ रन बनाएको छ।

नेपालका ओपनर आसिफ शेख १५ बलमा चार रन बनाएर आउट भएका छन्। उनलाई ओमानका शाह फैसलले जय ओडेद्राको हातबाट क्याच गराएका हुन्।

आसिफ छैटौँ ओभरको पहिलो बलमा आउट भएका थिए। नेपालले १७ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो।

अर्जुन कुमाल ३० बलमा तीन चौकासहित २० रन बनाएर खेलिरहेका छन्। उनलाई साथ दिइरहेका इशान पाण्डेले १५ बलमा एक चौकासहित सात रन बनाएका छन्।

ओमानका शाह फैसलले चार ओभरमा नौ रन खर्चेर एक विकेट लिएका छन्। शाकिल अहमदले चार ओभरमा १६ रन दिएका छन् भने जय ओडेद्राले दुई ओभरमा आठ रन खर्चिएका छन्।

नेपालले अब बाँकी ब्याटरको साथमा इनिङ्स सम्हाल्दै प्रतिस्पर्धात्मक योगफल बनाउने प्रयास गर्नेछ।

प्रकाशित: २७ आश्विन २०८३ ११:५९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
सुरुवाती झट्कापछि सम्हालिँदै काठमाडौं, रसिदको आक्रामक ब्याटिङमा १० ओभरमा ८३/३

सुरुवाती झट्कापछि सम्हालिँदै काठमाडौं, रसिदको आक्रामक ब्याटिङमा १० ओभरमा ८३/३

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको डे-नाइट खेलमा काठमाडौं गोर्खाजले सुरुवाती विपत्ति पार गर्दै १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ८३ रन बनाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्...

#ब्याटिङ #ओभर
Compare →
Arthasansar
1d ago
कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाद्यी याक्सले साविक विजेता लुम्बिनी लायन्स विरुद्ध ब्याटिङ गर्ने भएको छ । नयाँ कप्तान...

#ब्याटिङ
Compare →
Ekantipur
1d ago
डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गर्दै कप्तान परिवर्तन गरेको कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

#ब्याटिङ
Compare →
Onlinekhabar
1d ago
पोखराले जित्यो टस, विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने

पोखराले जित्यो टस, विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्दैछन्। पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लगातार दोस्रो डे गेममा पोखराले …

#ब्याटिङ
Compare →

Related Stories

National (Nepal)
Build #2611