Trending
Prev Story
Next Story

साउदी अरबको राजधानी रियादमा तीनवटा विस्फोटको आवाज सुनियो

Nagarik News •
October 25, 2026 • 05:43 AM
1
1 reads 0 reactions

साउदी अरबको राजधानी रियादमा आइतबार बिहान तीनवटा विस्फोटको आवाज सुनिएको छ।

साउदी अरबको राजधानी रियादमा तीनवटा विस्फोटको आवाज सुनियो

साउदी अरबको राजधानी रियादमा आइतबार बिहान तीनवटा विस्फोटको आवाज सुनिएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार विस्फोट हुनुअघि सहरका बासिन्दालाई हवाई आक्रमणको जोखिमबारे सचेत गराउँदै अलर्ट सन्देश पठाइएको थियो। ती सन्देशमा मानिसहरूलाई सुरक्षित स्थानमा आश्रय लिन सल्लाह दिइएको थियो।

यसैबीच, साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले आफ्नो हवाई रक्षा प्रणालीले हुथी विद्रोहीतर्फबाट प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोक्दै नष्ट गरेको दाबी गरेको छ।

यद्यपि, रियादमा सुनिएका विस्फोटका आवाज क्षेप्यास्त्र खसालिएको घटनासँग सम्बन्धित थिए वा थिएनन् भन्ने अझै स्पष्ट भएको छैन। घटनामा कुनै क्षति वा मानवीय हताहती भए–नभएकोबारे पनि हालसम्म जानकारी सार्वजनिक भएको छैन।

यमनका हुथी विद्रोहीहरूले पछिल्ला दिनमा साउदी अरबका विमानस्थल र तेलसम्बन्धी पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र बनाएका बेला यो घटना भएको हो। हुथी विद्रोहीहरूले यस्ता आक्रमणलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।

प्रकाशित: ८ कार्तिक २०८३ ११:२८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
फुटबल: साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित

फुटबल: साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र हुथी विद्रोही आक्रमणपछि पछिल्लो केही सातायता साउदी अरबमा हुने विभिन्न खेलकुद प्रतियोगिता रद्द तथा स्थगित हुँदै आएको छ ।

#साउदी #अरब
Compare →
Hamro Patro News
2d ago
साउदी अरबको तेल उत्पादन फेब्रुअरीयताकै उच्च

साउदी अरबको तेल उत्पादन फेब्रुअरीयताकै उच्च

काठमाडौं- तेल निर्यातक राष्ट्रहरूको संगठन (ओपेक) ले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउदी अरबले अक्टोबरमा तेल उत्पादन बढाएर फेब्रुअरीयताकै उच्च विन्दुमा पुर्‍याएको छ । इरान युद्धका कारण मध्यप...

#साउदी #अरब
Compare →
Onlinekhabar
1w ago
जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा

जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा

१६ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)  व्यवस्थापनको लापरबाहीले साउदी अरबको निरन्तर उडान अन्योलमा पर्ने देखिएको छ । साउदीमा नेपाल एयरलाइन्सले नियुक्त गरेको जनरल सेल्स एजेन्ट (जीएसए) को अवधि सकिएको र नवीकरण नभएका कारण …

#साउदी
Compare →

Related Stories

World News
Build #2611