Trending
Prev Story
Next Story

बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवात आन्ध्र प्रदेश-ओडिशातर्फ, अलर्ट जारी

Nagarik News •
October 25, 2026 • 02:30 AM
1
1 reads 0 reactions

बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले तयारी तीव्र पारेको छ।

बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवात आन्ध्र प्रदेश-ओडिशातर्फ, अलर्ट जारी

बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले तयारी तीव्र पारेको छ।

मौसम विभागको पूर्वानुमानअनुसार अक्टोबर २६ को बिहान पश्चिम-मध्य बङ्गालको खाडीमा चक्रवाती आँधी विकसित हुन सक्छ। उक्त चक्रवात अक्टोबर २८ को बिहानसम्म आन्ध्र प्रदेशको तट नजिक पुग्ने अनुमान गरिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले सम्बन्धित सबै विभागलाई सतर्क रहन र समयमै आवश्यक कदम चाल्न निर्देशन दिएको छ।

सरकारले यस अवधिमा जनधनको क्षति रोक्न ‘शून्य मानवीय क्षति’ (जिरो क्याजुअल्टी) को लक्ष्य निर्धारण गरेको छ।

ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले चक्रवात अर्नबको सम्भावित प्रभाव र त्यसबाट जोगिन अपनाउनुपर्ने उपायबारे समीक्षा बैठक गरिएको बताएका छन्।

उनले भने, 'मौसम विभागका अनुसार अक्टोबर २८ को दिउँसो उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाको बीचमा कुनै स्थानबाट चक्रवात तटमा ठोक्किने आशंका छ। यसका कारण दुवै राज्यका विभिन्न जिल्लामा भारी वर्षा हुन सक्छ।'

उनले थपे, 'सबै विभागलाई उनीहरूको जिम्मेवारी सुम्पिएको छ र पहिल्यैदेखि पूर्ण तयारी सुनिश्चित गर्न निर्देशन दिइएको छ। राज्य सरकार परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार छ। हाम्रो प्राथमिक लक्ष्य सधैँझैँ मानवीय क्षति शून्यमा झार्नु हो।'

मौसम विभागले अर्नब चक्रवातका कारण ओडिशा र आन्ध्र प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

यसैबीच, तमिलनाडुमा उत्तरपूर्वी मनसुन सक्रिय रहेको छ। पछिल्लो २४ घण्टामा राज्यका अधिकांश स्थानका साथै पुडुचेरी र कराइकलमा पनि हल्का वर्षा भएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ ०८:१५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
भारतमा ‘अर्नब’ चक्रवातको प्रभाव कायमै, बंगालको खाडीमा अर्को चक्रवात विकसित हुने सम्भावना

भारतमा ‘अर्नब’ चक्रवातको प्रभाव कायमै, बंगालको खाडीमा अर्को चक्रवात विकसित हुने सम्भावना

एजेन्सी । भारतका विभिन्न राज्यमा ‘अर्नब’ चक्रवातको प्रभाव कायमै रहँदा वर्षा, हिमपात, बाढी र पहिरोका घटना देखिएका छन्। उत्तराखण्डका केदारनाथ र बद्रीनाथ क्षेत्रमा हिमपात भइरहेको छ भने ओडिशामा चक्रवात...

#चक्रवात #अर्नब #खाडी
Compare →
Onlinekhabar
1w ago
अर्नबको असर कमजोर, बंगालको खाडीमा अर्को प्रणाली विकसित

अर्नबको असर कमजोर, बंगालको खाडीमा अर्को प्रणाली विकसित

१५ कात्तिक, काठमाडौं । अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीमा अर्को न्यून चापीय प्रणाली विकसित भएको छ । यो नयाँ प्रणाली भने अर्नब भन्दा कमजोर देखिएको छ । भारत मौसम विज्ञान विभागका अनुसार …

#खाडी #अर्नब #विकसित
Compare →
Bizshala
2w ago
चक्रवात ‘अर्नब’को प्रभाव : देशभर वर्षा र हिमपात, केही स्थानमा भारी वर्षाको सम्भावना

चक्रवात ‘अर्नब’को प्रभाव : देशभर वर्षा र हिमपात, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब”को...

#चक्रवात #अर्नब
Compare →
Ekantipur
1w ago
बंगालको खाडीमा विकसित हुँदै छ 'मुरासु' चक्रवात

बंगालको खाडीमा विकसित हुँदै छ 'मुरासु' चक्रवात

भारतीय मौसम विभागका अनुसार दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली पश्चिम-उत्तरपश्चिमतर्फ अघि बढ्दै आइतबार रातिसम्म चक्रवाती आँधीमा परिणत हुने क्रममा छ ।

#खाडी #विकसित #चक्रवात
Compare →

Related Stories

World News
Build #2611