National (Nepal)
नेपाल–भारत सीमा सुरक्षा बैठक काठमाडौंमा सुरू
सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच १० औं द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरू भएको छ। सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र दुवै देशका सीमावर्ती सुरक्षा निकायबीच समन्वय तथा सहकार्य बढाउने उद्देश्यले बैठक आयोजना गरिएको हो। बैठक कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ। बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त...