भीमफेदीको दुर्घटनामा परिवारका ६ सदस्य गुमाए अवधेशले
नजिकिँदै गरेको छठ पर्व मनाउन अवधेश यादवका परिवार नै बुधबार दिउँसोदेखि नै गाउँ फर्किने तयारी थियो। उनीहरूको गाउँ सर्लाही चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर टोल हो। अवधेशका परिवार ललितपुरको टीकाथलीमा फलफूल व्यापार गरेर आफ्ना गुजारा चलाउँथे। अवधेशको दुई भाइ, तीन छोरी र श्रीमती काठमाडौंमा बस्थे। उनकी आमा गाउँमा ज्याला मजदुरी गर्थिन्। उनीहरू दसैंतिहारमा समेत गाउँ गएका थिएनन्।...