Trending
Prev Story
Next Story

महेश त्रिपाठी अभिनित फिल्म ‘आशा’ फागुन १४ मा आउँदै

Ekantipur •
November 23, 2026 • 03:02 PM
2
2 reads 0 reactions

फिल्ममा महेशसँगै अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह र अन्य कलाकारको अभिनय रहेको छ ।

महेश त्रिपाठी अभिनित फिल्म ‘आशा’ फागुन १४ मा आउँदै

फिल्ममा महेशसँगै अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह र अन्य कलाकारको अभिनय रहेको छ ।

काठमाडौँ — अभिनेता महेश त्रिपाठीको मुख्य भूमिका रहेको फिल्म ‘आशा’ आगामी फागुन १४ गते प्रदर्शनमा आउने भएको छ । फिल्मकी निर्माता शर्मिला थापाका अनुसार वितरक तथा प्रदर्शकको छलफलपश्चात उक्त मितिमा फिल्म प्रदर्शन गर्न लागिएको हो ।

उडान स्टुडियोको प्रस्तुति रहेको फिल्मको आज फर्स्टलुक सार्वजनिक गरिएको हो । फिल्ममा महेश सेतो कपडामा छन् । पोस्टरमा उनीसहित अभिनेत्री अञ्जना बराइली र आशान्त शर्मा पनि देखिएका छन् ।

पोस्टरमा एउटा घर देखिएको छ, जहाँ अभिनेता शुशांक मैनालीको तस्बिरमा माला लगाइएको छ । उक्त पोस्टरमा आशान्त शर्मा पण्डितको रुपमा प्रस्तुत छन् भने महेश त्रिपाठी किरिया बसिरहेका देखिन्छन् । अभिनेत्री अञ्जना बराइली भने ढोकाको दैलोबाट चिहाएर हेरिरहेकी छिन् । फिल्मको पोस्टर रोयल भीमसेनले तयार पारेका हुन् ।

फिल्मकी निर्मात्री थापाले फिल्मको विषयवस्तु अनुसार नै पोस्टर तयार गरेर सार्वजनिक गरिएको बताइन् ।

निर्देशक राजिव गुरुङको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा महेश, अन्जनासँगै सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय छ ।

फिल्मको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
‘फर्स्टलुक’मा यस्तो देखियो ‘आशा’

‘फर्स्टलुक’मा यस्तो देखियो ‘आशा’

काठमाडौं । नेपाली फिल्म ‘आशा’को फर्स्टलुक सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरले फिल्मको पारिवारिक कथासँगै केही रहस्य र कौतुहलता पनि प्रस्तुत गरेको छ। उडान स्टुडियोको प्रस्तुति रहेको उक्त फिल्मको पोस्टरम मुख्य कलाकार महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त …

#फिल्म #महेश #आशा
Compare →
Nagarik News
1d ago
बलिउड फिल्म ‘मैसा’को प्रदर्शन तत्काललाई स्थगित, नयाँ रिलिज मितिबारे रश्मिका अनभिज्ञ

बलिउड फिल्म ‘मैसा’को प्रदर्शन तत्काललाई स्थगित, नयाँ रिलिज मितिबारे रश्मिका अनभिज्ञ

रोचक कुरा के छ भने रश्मिका मन्दानालाई समेत फिल्मको नयाँ रिलिज मितिबारे जानकारी छैन।

#फिल्म
Compare →
Hamro Patro News
1d ago
नयाँ स्पोर्ट्स फिल्म ‘टुस्ये’: फेन्सिङ, चेस र योगको सम्मिश्रण

नयाँ स्पोर्ट्स फिल्म ‘टुस्ये’: फेन्सिङ, चेस र योगको सम्मिश्रण

काठमाडौं- बेलायती चलचित्र निर्मात्री परविन्दर सेरगिल एक्सन फिल्म मन पराएर हुर्किएकी हुन् । यसरी हुर्कने क्रममा उनले दुई फरक संस्कृतिको अनुभव गर्न पाइन् । उनी अहिले संस्कृति झल्काउने चलचित्र ‘टुस्ये...

#फिल्म
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612