आठवटै फ्रेन्चाइजका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको घोषणा कति सम्भावनायुक्त छ ? यसले नेपाली क्रिकेटको भविष्य बदल्न सक्छ ? अनि घोषणा र कार्यान्वयन बीचको दूरी कसरी घटाउने ? नेपाली क्रिकेटको विकास, व्यवसायीकरण र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका खेलकुद अभियन्ता सुभास शाहीसँग कान्तिपुर टेलिभिजनका रुपा खड्काले गरेको कुराकानीको सम्पादित अंश :
काठमाडौँ — एनपीएलको छैठौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित आठवटै फ्रेन्चाइज क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको योजना सार्वजनिक भएको छ । फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी ३ महिनाभित्र अन्य रंगशालाको प्रक्रिया पनि अगाडि बढाउने प्रधानमन्त्री वालेन्द्र शाहले पनि घोषणा गरेका छन् ।
तर रंगशाला निर्माण हुँदैमा नेपाली क्रिकेट व्यावसायिक बन्छ त ? एनपीएललाई होम एन्ड अवे प्रणालीमा लैजाने लक्ष्यसहित आठवटै फ्रेन्चाइजका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको घोषणा कति सम्भावनायुक्त छ ? यसले नेपाली क्रिकेटको भविष्य बदल्न सक्छ ? अनि घोषणा र कार्यान्वयन बीचको दूरी कसरी घटाउने ? नेपाली क्रिकेटको विकास, व्यवसायीकरण र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका खेलकुद अभियन्ता सुभास शाही सँग कान्तिपुर टेलिभिजनका रुपा खड्काले गरेको कुराकानीको सम्पादित अंश :
एनपीएलको छैठौँ संस्करणदेखि के योजना लागू गर्ने लक्ष्य राखिएको छ र सरकारले के घोषणा गरेको छ ?
एनपीएलको छैठौँ संस्करणदेखि प्रतियोगितालाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने लक्ष्य छ । त्यसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले आठवटै फ्रेन्चाइज क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् । फाप्ला रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ । अन्य रंगशालाको प्रक्रिया आगामी ३ महिनाभित्र अघि बढाइने भनिएको छ ।
सुदूरपश्चिम रोयल्स एनपीएल-३ को विजेता बनेको छ, सुदूरपश्चिमको खेललाई कसरी हेर्नु भएको छ ?
सुदूरपश्चिम रोयल्समा सुरुदेखि नै कन्सिस्टेन्ट थियो । यस्तै दुवै सिजनमा फाइनल पुगेको टिम पनि हो । विन पर्सेन्टेज पनि सबैभन्दा बढी थियो तर फाइनलको प्रेसरमा पहिले फिनिस दिन सकेको थिएन । यसपालि खेलाडीहरूले लिगदेखि प्लेअफसम्म संघर्ष गर्दै सिके र फाइनलमा परिपक्व खेल देखाए । दीपेन्द्र सिंह ऐरीको क्याप्टेनसिप, टिम म्यानेजमेन्ट र ओनरहरूको सामूहिक प्रयासले पनि भूमिका खेल्यो ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अहिले कहाँ पुगेको छ ?
मुख्य काम (पेपरवर्क) करिब ९० प्रतिशत सकिएको छ। २०७९ सालमा साढे ३८ बिघा जग्गा उपलब्ध भयो, त्यसपछि विकास समिति बन्यो । डिपीआर र ईआईए पूरा भए, प्रोजेक्ट बैंकमा समावेश भयो र बहुवर्षीय प्रोजेक्टका रूपमा अघि बढ्यो । अब ठेक्का अवार्ड भइसकेको छ र ३ वर्षमा निर्माण सक्ने योजना छ । पहिलो फेजमा १० हजार दर्शक क्षमताको ग्राउन्ड, प्याराफिट र एम्बाङ्कमेन्ट बन्छ र डिजाइन आईसीसीका सबै मापदण्ड पूरा गरेर गरिएको छ ।
रंगशालाहरू सञ्चालन र आत्मनिर्भर बनाउन के सुझाव दिनुहुन्छ ?
निर्माणपछि रंगशाला पीपीपी मोडलमा क्लब वा निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्छ, सरकारले आफैँ चलाउनु हुँदैन भन्ने उनको सुझाव छ । फाप्लाको खेलग्राममा क्रिकेट रंगशालासँगै होटेल, मल र हस्पिटलका लागि पनि मास्टर प्लानमा क्षेत्र छुट्ट्याइएको छ, ताकि परियोजना सेल्फ-सस्टेन हुन सकोस् । सरकारले सबै प्रोजेक्टका लागि २५-३१ करोडको न्यूनतम बेस बजेट राखिसकेको छ ।
नेपाली क्रिकेटको दीर्घकालीन लक्ष्य र ग्रासरुट विकासबारे के भन्नु हुन्छ ?
यसका लागि मैले 'च्याम्पियन १०' अभियान सुरु गरेको छु र अबको १० वर्षमा नेपाललाई विश्वकप जिताउने सपना देखेको छु । यसका लागि धनगढीका १९ वटै वडामा बालबालिकालाई प्रोपर ट्रेनिङ र नेट तयार गर्दै छु । परिवार, स्कुल, स्थानीय तह र वडा तहसम्म ग्रासरुटमा मिहिनेत गर्नुपर्ने र क्यानले जिल्ला/प्रदेश स्तरमा बलियो कोचिङ कार्यक्रम ल्याउनुपर्छ । भारतसँग क्रिकेट कुटनीति गरी ६-८ वर्षपछि संयुक्त रूपमा टी-२० विश्वकप आयोजना गर्न सकिने सम्भावना समेत छ ।