Trending
Prev Story
Next Story

‘सबै क्लबसँग फ्लडलाइटसहितका रंगशाला, एनपीएलको छैटौं संस्करणदेखि होम एन्ड अवे खेल’

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री शाहले शनिबार साँझ फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री …

‘सबै क्लबसँग फ्लडलाइटसहितका रंगशाला, एनपीएलको छैटौं संस्करणदेखि होम एन्ड अवे खेल’

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री शाहले शनिबार साँझ फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्नेगरी रंगशाला निर्माण गरिने बताएका छन् ।

उनका अनुसार क्रिकेट रंगशालाहरू नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ ।

सुदूरपश्चिममा फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।

यस्तै, विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान घरेलु मैदान हुने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

यस्तै, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गरिने उनले बताएका छन् ।

प्रधानमन्त्री शाहले एनपीएलको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
25m ago
आठै एनपिएल क्लबलाई फ्लडलाइटसहितको रंगशाला, छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ : प्रधानमन्त्री

आठै एनपिएल क्लबलाई फ्लडलाइटसहितको रंगशाला, छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुने ...

#एनपीएल #प्रिमियर-लिग #बालेन-शाह
Compare →
Ekantipur
24m ago
च्याम्पियन सुदूरपश्चिमलाई प्रधानमन्त्रीको बधाई, आठ क्लबका लागि फ्लडलाइटयुक्त रंगशाला बनाइने

च्याम्पियन सुदूरपश्चिमलाई प्रधानमन्त्रीको बधाई, आठ क्लबका लागि फ्लडलाइटयुक्त रंगशाला बनाइने

प्रधानमन्त्री बालेन्द्र शाहले छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणाली लागू गर्ने तयारीस्वरूप आठ रंगशाला निर्माणको घोषणा गरेका छन्।

#बालेन-शाह #रंगशाला #क्लब
Compare →
Arthasansar
20m ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
1h ago
मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612