Trending
Prev Story
Next Story

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

Arthasansar •
November 21, 2026 • 04:35 AM
3
3 reads 0 reactions

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। नेपाल सरकारको सहरी विकास तथा भवन...

1 / 2
Swipe Photos

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाइ, कैलालीले रङ्गशालाको पूर्वाधार निर्माणका लागि अनलाइन बोलपत्र आह्वान गरेको हो।

उक्त आयोजनाअन्तर्गत मैदानको हालको जमिनको सतहमा माटो भर्ने र जमिन सम्याउने तथा प्यारापिटको अगाडिको भागमा ब्लक निर्माणलगायतका काम गरिने पूर्वाधार विकासमन्त्री इन्जिनियर सुनील लम्सालले जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत फाप्ला रङ्गशाला निर्माणको ठेक्का प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्।

बोलपत्रसम्बन्धी सूचनाअनुसार निर्माण कार्यका लागि एकल चरणको दुई खाम प्रणालीबाट ठेक्का प्रक्रिया अघि बढाइनेछ। बोलपत्रको म्याद ९० दिन र धरौटीको मान्य अवधि १२० दिन तोकिएको छ। बोलपत्रमा सहभागी हुन निर्माण कम्पनीले ५४ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ।

मन्त्री लम्सालले सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाइने बताएका छन्। रङ्गशाला निर्माणले खेल पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धन र समग्र आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ।

उनले आज हुने नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सलाई शुभकामना दिँदै क्रिकेटप्रतिको उत्साहलाई खेल पूर्वाधार विकाससँग जोडेर अघि बढाउनुपर्ने सन्देशसमेत दिएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने बाटो खुल्यो, फाप्लाको ठेक्का आह्वान

धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने बाटो खुल्यो, फाप्लाको ठेक्का आह्वान

धनगढी । नेपाली क्रिकेटको महत्त्वाकाङ्क्षी पूर्वाधार परियोजनाका रूपमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान भएको छ। क्रिकेटको सहर धनगढीमा बन्नलागेको फाप्ला अन्त...

#रङ्गशाला #फाप्ला #क्रिकेट
Compare →
Ekantipur
6h ago
फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान*

फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान*

पूर्वाधार विकासमन्त्री सुलिन लम्सालले आयोजनालाई उच्च प्राथमिकता दिँदै खेल पूर्वाधार, पर्यटन र सुदूरपश्चिमको आर्थिक विकासमा योगदान पुर्‍याउने बताएका छन्।

#ठेक्का #फाप्ला #क्रिकेट
Compare →
Nagarik News
22h ago
विराटनगर क्रिकेट रंगशालाको दुर्दशा (फोटो फिचर)

विराटनगर क्रिकेट रंगशालाको दुर्दशा (फोटो फिचर)

क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्।

#क्रिकेट
Compare →
Onlinekhabar
23h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा क्रिकेट विकासका एजेन्डा के छन् ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा क्रिकेट विकासका एजेन्डा के छन् ?

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालमा क्रिकेट पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा भारतीय सहयोगको विषयले प्राथमिकता पाउन सक्ने देखिएको छ। अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रंगशाला निर्माणदेखि राष्ट्रिय टोली र युवा खेलाडीलाई उच्चस्तरीय …

#क्रिकेट
Compare →

Related Stories

Politics & Governance
Build #2612