Trending
Prev Story
Next Story

निर्माण कम्पनीले हस्तान्तरण गर्‍यो कर्णाली प्रदेश रंगशाला

Ekantipur •
November 23, 2026 • 11:03 AM
4
4 reads 0 reactions

दसौं राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल रंगशाला १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँमा बनेपछि औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

निर्माण कम्पनीले हस्तान्तरण गर्‍यो कर्णाली प्रदेश रंगशाला

दसौं राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल रंगशाला १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँमा बनेपछि औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला निर्माण कम्पनीले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

मुख्यमन्त्री मंगलबहादुर शाही, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही तथा प्रदेश सरकारका मन्त्री र अन्य पदाधिकारीको उपस्थितिमा सोमबार निर्माण कम्पनी एमएसी–जीएसएल (जेभी) ले रंगशाला औपचारिक रूपमा हस्तान्तरण गरेको हो। यसअघि मंसिर ५ गते नै रंगशाला हस्तान्तरण गर्ने तयारी गरिएको थियो।

तर मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको समय नमिलेपछि कार्यक्रम स्थगित भएको थियो। निर्माण सम्पन्न भए पनि प्राविधिक मूल्यांकन, भुक्तानी र हस्तान्तरण प्रक्रियाका कारण रंगशाला औपचारिक रूपमा प्रदेश सरकारको जिम्मामा आउन सकेको थिएन।

निर्माण कम्पनी एमएसी–जीएसएल (जेभी) ले १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँमा रंगशाला निर्माणको ठेक्का लिएको थियो। करिब ९ बिघा क्षेत्रफलमा फैलिएको रंगशालामा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिएको छ।

हस्तान्तरण कार्यक्रममा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले ठूलो मेहनत र परिश्रमपछि कर्णालीमा यति विशाल खेल संरचना निर्माण हुन सकेको बताए। उनले यसलाई आगामी खेलकुद र कर्णालीको भविष्यसँग जोडिएको पूर्वाधारका रूपमा लिएको उल्लेख गरे।

मुख्यमन्त्री मंगलबहादुर शाहीले अब यति ठूलो खेल संरचनाको सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण हुने बताए। त्यसका लागि आवश्यक मापदण्ड र कार्यविधि बनाएर प्रदेश सरकार तथा प्रदेश खेलकुद विकास परिषद्ले व्यवस्थित रूपमा सञ्चालन गर्ने उनको भनाइ थियो।

रंगशालामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान र आठ लेनको सिन्थेटिक एथलेटिक्स ट्र्याक निर्माण गरिएको छ। यहाँ फुटबल, दौड, हाइजम्प र लङजम्पलगायत प्रतियोगिता सञ्चालन गर्न सकिन्छ।

पौडीका लागि स्विमिङ पुल तथा भलिबल, बास्केटबल र ह्यान्डबललगायत खेलका लागि बहुउद्देश्यीय कभर्डहल निर्माण गरिएको छ। परिसरमा खेलाडीका लागि चेन्जिङ रुम, मेडिकल तथा फिजियोथेरापी कक्ष, रेफ्री रुम, मिडिया रुम, भीआईपी प्यारापिट र भूमिगत पार्किङको व्यवस्था छ।

रंगशाला हस्तान्तरणसँगै यसको सञ्चालन, संरक्षण र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार तथा प्रदेश खेलकुद विकास परिषद्मा आएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
6h ago
कसले बनाउला विराटनगर क्रिकेट रंगशाला?

कसले बनाउला विराटनगर क्रिकेट रंगशाला?

संघ र प्रदेश सरकारको रस्साकसीले लामो समयदेखि अलपत्र परेको विराटनगरको बैजनाथपुरस्थित क्रिकेट रंगशाला कसले बनाउने भन्ने विषय यतिबेला पुनः पेचिलो बनेको छ।

#रंगशाला
Compare →

Related Stories

Sports
Build #2612