Trending
Prev Story
Next Story

इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी, ३४ बेपत्ता

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

७ मङ्सिर, जकार्ता (रासस/एपी) । इन्डोनेसियाको जकार्तानजिकै रहेको क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि बेपत्ता ३४ श्रमिकको खोजीमा सोमबार ५०० भन्दा बढी उद्धारकर्मी परिचालन भएका छन् । आगलागीमा २४ जनाको शव वा मानव अवशेष सङ्कलन गरिएको …

इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी, ३४ बेपत्ता

७ मङ्सिर, जकार्ता (रासस/एपी) । इन्डोनेसियाको जकार्तानजिकै रहेको क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि बेपत्ता ३४ श्रमिकको खोजीमा सोमबार ५०० भन्दा बढी उद्धारकर्मी परिचालन भएका छन् । आगलागीमा २४ जनाको शव वा मानव अवशेष सङ्कलन गरिएको छ भने २९ जनाको उद्धार गरिएको छ ।

बान्टेन प्रान्तस्थित पिटी फोनुसा अगुङ मुलिया कारखानामा शनिबार आगलागी भएको थियो । तीनतले भवनमा फैलिएको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकलाई करिब १४ घण्टा लागेको थियो । चिस्याउने उपकरणबाट सुरु भएको आगो मुख्यतः दोस्रो तलामा फैलिएको अधिकारीहरूले बताएका छन् ।

आगलागी हुँदा कारखानामा करिब ३०० श्रमिक कार्यरत थिए । तीमध्ये ६३ जना सबैभन्दा बढी प्रभावित क्षेत्रमा रहेको अनुमान गरिएको छ । उद्धार गरिएका २९ जनामध्ये पाँच जनालाई अस्पताल भर्ना गरिएको छ ।

राष्ट्रिय खोज तथा उद्धार निकाय बसरनासले मृतकको यकिन सङ्ख्या सार्वजनिक गरेको छैन । सङ्कलित मानव अवशेषको पहिचानका लागि फरेन्सिक परीक्षण गरिने जनाएको छ । सैनिक, प्रहरी, रेडक्रसका कर्मचारी र स्वयंसेवकसहितको उद्धार टोलीले करिब दुई हजार वर्गमिटर क्षेत्रफलमा खोजी गरिरहेको छ । बेपत्ता श्रमिकका आफन्त घटनास्थलमा उद्धारको खबर पर्खिरहेका छन् ।

उक्त कारखानामा इन्डोनेसियाको दूधमा आधारित क्यान्डी तथा खाजा उत्पादन गर्ने मिल्किटा ब्रान्डका सामग्री बनाइन्छन् । ती उत्पादन ४० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन् ।

इन्डोनेसियामा पछिल्ला वर्षमा भएका औद्योगिक आगलागीका घटनाले कार्यस्थलको सुरक्षा मापदण्ड र उद्योगमा आपत्कालीन तयारीको अवस्थाबारे चिन्ता बढाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो मंसिर ६, २०...

#कारखाना #आगलागी #इन्डोनेसिया
Compare →
Nagarik News
1d ago
इन्डोनेसियाको मिठाई कारखानामा आ’गलागी हुँदा तीन जनाको मृ’त्यु, ३६ बेपत्ता

इन्डोनेसियाको मिठाई कारखानामा आ’गलागी हुँदा तीन जनाको मृ’त्यु, ३६ बेपत्ता

इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन्।

#कारखाना #आगलागी #इन्डोनेसिया
Compare →
Ekantipur
5h ago
भोटेकोसी बाढीमा बेपत्ता प्रहरी हवल्दारको तीन महिनापछि कुशको शव बनाएर अन्त्येष्टि

भोटेकोसी बाढीमा बेपत्ता प्रहरी हवल्दारको तीन महिनापछि कुशको शव बनाएर अन्त्येष्टि

भोटेकोसी बाढीमा बेपत्ता भएका प्रहरी हवल्दार नरेन्द्रप्रसाद भट्टको तीन महिनापछि अन्तिम संस्कार गरिएको छ । सोमबार कुशको शव बनाएर महाकाली नदीमा अन्तिम संस्कार गरिएको हो ।

#बेपत्ता
Compare →
Bizshala
9h ago
भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह

भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह

काठमाडौं। रसुवास्थित भोटेकोशी बाढीमा बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकका परिवारलाई सात दिनभित्र दाबी पेस गर्न...

#बेपत्ता
Compare →
Arthasansar
1w ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#बेपत्ता
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612