Trending
Prev Story
Next Story

इन्डोनेसियाको मिठाइ कारखानामा आगलागी

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मङ्सिर, जकार्ता (रासस/एएफपी)। इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित …

इन्डोनेसियाको मिठाइ कारखानामा आगलागी

६ मङ्सिर, जकार्ता (रासस/एएफपी)। इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् ।

स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो। उक्त स्थान राजधानी जकार्ताबाट करिब ५० किलोमिटर पश्चिममा पर्दछ ।

आगलागीमा परी चार जना घाइते भएका छन् । उनीहरूलाई नजिकैको अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको उद्धार अधिकारी रिज्की द्वियान्तोले जानकारी दिए।

उनका अनुसार बेपत्ताहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । उद्धार कार्यमा संलग्न कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै खोजी तीव्र पारिएको उनले बताए।

आगलागीबाट कारखानाको ठूलो भाग ध्वस्त भएको छ । भवनको छाना केही स्थानमा भत्किएको छ भने घटनास्थलबाट अझै धुवाँ निस्किरहेको दृश्य सार्वजनिक भएका छन् । स्थानीय अग्नि नियन्त्रण अधिकारी टुबागुस मचफुज्दका अनुसार शनिबार अपराह्न ४:३० बजे आगलागीको सूचना प्राप्त भएको थियो । दमकल घटनास्थल पुग्दा भवनको ठूलो भाग आगोको चपेटामा परिसकेको थियो ।

बान्तेन प्रान्तका गभर्नर आन्द्रा सोनीले आगलागी हुँदा कारखानाभित्र करिब ६० जना रहेको अनुमान गरिएको बताए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको स्थानीय विपद् व्यवस्थापन निकायले जनाएको छ।

इन्डोनेसियामा औद्योगिक तथा भवनमा हुने आगलागीका घटना यसअघि पनि भएका छन्। गत वर्ष डिसेम्बरमा जकार्ताको साततले भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको थियो। सन् २०२३ मा निकेल प्रशोधन कारखानामा भएको विस्फोटमा १३ जनाको ज्यान गएको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6h ago
इन्डोनेसियाको मिठाई कारखानामा आ’गलागी हुँदा तीन जनाको मृ’त्यु, ३६ बेपत्ता

इन्डोनेसियाको मिठाई कारखानामा आ’गलागी हुँदा तीन जनाको मृ’त्यु, ३६ बेपत्ता

इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन्।

#आगलागी #उद्धार #कारखाना
Compare →
Ekantipur
5h ago
इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो

#आगलागी #उद्धार #कारखाना
Compare →
Hamro Patro News
1w ago
दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी

दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित नजफगढको नांगली सकरावती क्षेत्रमा रहेको एक गार्मेन्ट कारखानामा आइतबार साँझ भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि दिल्ली फायर सर्भिसका २५ वटा दमक...

#आगलागी #कारखाना
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612