Trending
Prev Story
Next Story

आन्द्राको समस्याका कारण ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो आईसीयूमा

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई आन्द्रामा समस्या देखिएपछि राजधानी ब्राजिलियास्थित डिएफ स्टार अस्पतालको आइसीयुमा भर्ना गरिएको छ। अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। ७१ वर्षीय बोल्सोनारोलाई पेटमा जटिलता देखिएपछि …

आन्द्राको समस्याका कारण ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो आईसीयूमा

६ मंसिर, काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई आन्द्रामा समस्या देखिएपछि राजधानी ब्राजिलियास्थित डिएफ स्टार अस्पतालको आइसीयुमा भर्ना गरिएको छ। अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।

७१ वर्षीय बोल्सोनारोलाई पेटमा जटिलता देखिएपछि शुक्रबार अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूले उनको शरीरमा पानीको मात्रा सन्तुलित राख्न उपचार सुरु गरेका छन्। साथै पोषण सहयोगका लागि ग्यास्ट्रिक ट्युब पनि राखिएको छ।

अस्पतालले जारी गरेको मेडिकल बुलेटिनअनुसार बोल्सोनारोको स्वास्थ्य अवस्था चिकित्सकीय रूपमा स्थिर छ। उनी होसमा छन्। उनी सचेत छन् र बिनाकुनै सहयोग आफैँ सास फेरिरहेका छन्। यद्यपि, चिकित्सकहरूले उनलाई कहिले डिस्चार्ज गरिनेछ भन्नेबारे केही संकेत दिएका छैनन्।

उनका छोरा कार्लोस बोल्सोनारोले एक्समा एक पोस्ट गर्दै आफ्नो बुबालाई यस्तो अवस्थामा कहिल्यै नदेखेको बताएका छन्। उनले अर्को शल्यक्रिया आवश्यक पर्न सक्ने संकेत पनि गरेका छन्।

सन् २०१८ को चुनावी अभियानका क्रममा छुरा प्रहार भएयता बोल्सोनारोमा पेटसम्बन्धी जटिलताको समस्या देखिँदै आएको छ। उक्त आक्रमणपछि उनको धेरै पटक शल्यक्रिया भइसकेको छ। उनी पटक-पटक अस्पताल भर्ना हुनुपरेको छ।

एएफपीको रिपोर्टअनुसार, सन् २०१९ देखि २०२२ सम्म ब्राजिलमा शासन गरेका पूर्वराष्ट्रपतिलाई गत वर्ष २७ वर्षको जेल सजाय सुनाइएको थियो। सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएपछि सत्तामा रहिरहन कू को षड्यन्त्र रचेको अभियोगमा उनलाई यो सजाय दिइएको हो। केही महिना जेलमा बिताएपछि स्वास्थ्य समस्याका कारण बोल्सोनारोलाई मार्च महिनामा घरमै नजरबन्दमा सारिएको थियो।

ब्राजिलको सर्वोच्च अदालतले अर्को महिना एउटा कानुनको संवैधानिकतामाथि विचार गर्ने तालिका तय गरेको छ। उक्त कानुनले कू को षड्यन्त्रको सम्बन्धमा दोषी ठहरिएका बोल्सोनारो र अन्य व्यक्तिहरूको जेल सजाय घटाउन सक्ने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

उदयपुर– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालित निःशुल्क आँखा जाँच शिव...

#समस्या
Compare →
Nagarik News
4d ago
जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको छ।

#समस्या
Compare →
Bizshala
5d ago
भूमिहीन र सुकुम्बासी समस्या समाधानमा प्रगति, पाँच पालिका समस्यामुक्त घोषित

भूमिहीन र सुकुम्बासी समस्या समाधानमा प्रगति, पाँच पालिका समस्यामुक्त घोषित

काठमाण्डौ । सरकारले देशका पाँच स्थानीय तहलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्याबाट...

#समस्या
Compare →
Ekantipur
5d ago
अमेरिकामा हवाई प्रणालीपछि अनलाइन बैकिङमा समस्या, आर्थिक कारोबारमा अवरोध

अमेरिकामा हवाई प्रणालीपछि अनलाइन बैकिङमा समस्या, आर्थिक कारोबारमा अवरोध

केही दिनअघि मात्रै अमेरिकी अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि समस्याहरू देखिएका थिए । बिहीबार माइक्रोसफ्टका सेवाहरु प्रभावित भएका थिए भने शुक्रबार देशको हवाइ ट्राफिक नियन्त्रण प्रणालीमा देखिएको समस्या पूर्ण रुपमा समाधान हुन आइतबारसम्म लागेको थियो

#समस्या
Compare →

Related Stories

Health & Wellness
Build #2612