Trending
Prev Story
Next Story

ज्याला वृद्धिको माग गर्दै बंगलादेशका ४० गार्मेन्ट कारखानामा कामदारको हडताल

Nagarik News •
November 17, 2026 • 09:25 AM
3
3 reads 0 reactions

मासिक न्यूनतम ज्याला ३० हजार टाका पुर्याउन माग गर्दै बंगलादेशका गार्मेन्ट कामदारले राजधानी ढाकाको मिरपुर क्षेत्रमा प्रदर्शन गरेका छन्।

ज्याला वृद्धिको माग गर्दै बंगलादेशका ४० गार्मेन्ट कारखानामा कामदारको हडताल

मासिक न्यूनतम ज्याला ३० हजार टाका पुर्याउन माग गर्दै बंगलादेशका गार्मेन्ट कामदारले राजधानी ढाकाको मिरपुर क्षेत्रमा प्रदर्शन गरेका छन्।

देशका विभिन्न औद्योगिक क्षेत्रमा श्रमिक आन्दोलन चर्किएपछि करिब ४० वटा कारखाना बन्द भएका छन्।

प्रदर्शनकारीले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई हटाएको थियो। सावरको हेमायतपुरस्थित पद्मार मोरमा सोमबार दिउँसो भेला भएका कामदार प्रहरीको आग्रहपछि शान्तिपूर्वक तितरबितर भएका थिए।

सावर र आशुलिया औद्योगिक क्षेत्रमा बन्द भएका कारखानामध्ये २७ वटा बंगलादेश श्रम ऐनको धारा १३(१) अन्तर्गत बन्द गरिएका थिए भने नौवटा अनिश्चितकालका लागि बन्द गरिएको थियो। अन्य कारखानामा सामान्य बिदा दिइएको थियो।

आशुलिया औद्योगिक प्रहरी–१ का प्रहरी उपरीक्षक मोहम्मद मोमीनुल इस्लाम भुइयाँका अनुसार एउटा कारखानाका कामदार भोजन विश्रामपछि काममा फर्कन अस्वीकार गर्दै परिसरमै बसेपछि व्यवस्थापनले बिदा घोषणा गरेको थियो।

अन्य दुई कारखानाका कामदारले पनि काम रोकेर धर्ना दिएका थिए। यद्यपि, अन्य कारखानामा कामकाज शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको उनले बताए।

यसैबीच, पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित अशान्ति रोक्न सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरिएको छ।

सुरक्षा निगरानीका लागि बख्तरबन्द सवारीसाधन, शरीरमा जडान गरिने क्यामेरा र ड्रोनसमेत प्रयोग गरिएको बिजिबीले जनाएको छ।

हसिना डिसेम्बरमा स्वदेश फर्कने योजनामा रहेको समाचार सार्वजनिक भएपछि अवामी लिगका समर्थकले प्रदर्शन गरेका थिए।

त्यसपछि जिल्लामा राजनीतिक गतिविधि बढेकाले सुरक्षा सतर्कता अपनाइएको हो। सन् २०२४ जुलाईको विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले सन् २०२५ नोभेम्बर १७ मा हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो।

प्रकाशित: १ मंसिर २०८३ १५:१० मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

काठमाडाैँ। मासिक न्यूनतम ज्याला ३० हजार टाका पुर्‍याउन माग गर्दै बङ्गलादेशका गार्मेन्ट कामदारले राजधानी ढाकाको मिरपुर क्षेत्रमा प्रदर्शन गरेका छन्। देशका विभिन्न औद्योगिक क्षेत्रमा श्रमिक आन्दोलन च...

#कामदार #ज्याला #गार्मेन्ट
Compare →
Bizshala
1d ago
बंगलादेशमा पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकको हडताल, करिब १५० कपडा कारखाना बन्द

बंगलादेशमा पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकको हडताल, करिब १५० कपडा कारखाना बन्द

काठमाडौं। न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै श्रमिकहरू हडतालमा उत्रिएपछि बंगलादेशका करिब १५० कपडा...

#बंगलादेश #वृद्धिको #कारखाना
Compare →
Onlinekhabar
1w ago
विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति

विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति

१८ कात्तिक, ढाका (रासस/एएफपी)। बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको बुधबार जनाएको छ । सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेश चीनपछि विश्वकै दोस्रो ठूलो …

#कामदार #गार्मेन्ट
Compare →
Arthasansar
4d ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#बंगलादेश #वृद्धिको
Compare →
Ekantipur
1w ago
साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

बंगलादेशले साफ च्याम्पियनसिपको १५औँ संस्करणमा भुटानलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

#बंगलादेश
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612