Trending
Prev Story
Next Story

शेख हसिनालाई स्वदेश फर्काउनुपर्ने माग गर्दै बंगलादेशमा हिंसा, सरकारले हटायो गोपालगञ्जका डीसी र एसपी

Nagarik News •
November 16, 2026 • 06:47 AM
2
2 reads 0 reactions

बंगलादेशको गोपालगञ्जमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउनुपर्ने माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले जिल्लाका प्रमुख प्रशासकीय अधिकारी (डिपुटी कमिस्नर) र प्रहरी प्रमुख (एसपी) लाई पदबाट हटाएको छ।

शेख हसिनालाई स्वदेश फर्काउनुपर्ने माग गर्दै बंगलादेशमा हिंसा, सरकारले हटायो गोपालगञ्जका डीसी र एसपी

बंगलादेशको गोपालगञ्जमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउनुपर्ने माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले जिल्लाका प्रमुख प्रशासकीय अधिकारी (डिपुटी कमिस्नर) र प्रहरी प्रमुख (एसपी) लाई पदबाट हटाएको छ।

आइतबार भएको प्रदर्शनका क्रममा भारतमा रहेकी शेख हसिनाको पार्टी अवामी लिगका नेता तथा समर्थकहरूले प्रदर्शन गरेका थिए। बंगलादेशमा अवामी लिगको गतिविधिमाथि प्रतिबन्ध लगाइएको छ।

प्रदर्शनकारीले पार्टीको जिल्ला कार्यालय कब्जा गरी तोडफोड गरेका थिए। उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारकमा आगजनी गर्नुका साथै प्रहरीको एउटा गाडीमा समेत आगो लगाएको खबर छ।

सहरका अन्य स्थानमा पनि तोडफोड भएको थियो। प्रहरीको एउटा गाडीमा ‘जय बंगल’ लेखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रदर्शनकारीले टायर बालेर स्थानीय सडकसमेत अवरुद्ध गरेका थिए।

प्रदर्शनका क्रममा गोपालगञ्ज सरकारी कलेजको नामपट्टी हटाएर पुरानो नाम ‘गभर्मेन्ट बंगबन्धु कलेज’ लेखिएको ब्यानर राखिएको थियो। सन् २०२४ अगस्टमा अवामी लिग सरकार ढलेपछि कलेजको नाम परिवर्तन गरी गोपालगञ्ज सरकारी कलेज राखिएको थियो।

दिनभर चलेको प्रदर्शनपछि सरकारले गोपालगञ्जका डिपुटी कमिस्नर मोहम्मद आरिफ उज जमान र प्रहरी उपरीक्षक (एसपी) मोहम्मद हबिबुल्लाहलाई पदबाट हटाएको हो।

भारतबाट शेख हसिनाको सम्भावित स्वदेश फिर्तीको विषयलाई लिएर तनाव बढिरहेका बेला यी प्रदर्शन भएका हुन्। सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि आफ्नो सरकार ढलेसँगै हसिना बंगलादेश छाडेर भारत पुगेकी थिइन्। त्यसयता उनी भारतमै बस्दै आएकी छन्।

बंगलादेशको इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सन् २०२५ नोभेम्बरमा प्रदर्शनकारीविरुद्ध उनको सरकारले गरेको कारबाहीलाई मानवताविरुद्धको अपराध ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले आफूमाथिका आरोप र सम्पूर्ण कानुनी प्रक्रियालाई अस्वीकार गर्दै आएकी छन्।

७९ वर्षीया हसिनाले जुलाईदेखि नै पटकपटक आफू डिसेम्बरमा बंगलादेश फर्किन चाहेको बताउँदै आएकी छन्। मृत्युदण्डको सजाय सुनाइए पनि कानुनी प्रक्रियाको सामना गर्ने उनको भनाइ छ।

प्रकाशित: ३० कार्तिक २०८३ १२:३२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
बंगलादेशमा जाग्यो शेख हसिनाको पार्टी गर्‍यो तोडफोड र आगजनी

बंगलादेशमा जाग्यो शेख हसिनाको पार्टी गर्‍यो तोडफोड र आगजनी

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका कार्यकर्ताहरूले आइतबार (नोभेम्बर १५) गोपालगन्ज जिल्लामा हिंसात्मक प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएपछि ...

#शेख #हसिना #बंगलादेश
Compare →
Onlinekhabar
2h ago
शेख हसिनाको गृहनगरमा अवामी लिगका कार्यकर्ताको हिंसात्मक प्रदर्शन

शेख हसिनाको गृहनगरमा अवामी लिगका कार्यकर्ताको हिंसात्मक प्रदर्शन

३० कात्तिक, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा आइतबार अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन् । उनीहरूले प्रहरीका अवरोध तोड्दै सहरका विभिन्न सडकमा जुलुस निकालेका थिए । प्रदर्शनका क्रममा प्रहरीको …

#शेख #हसिना #प्रदर्शन
Compare →
Bizshala
2h ago
बंगलादेशमा पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकको हडताल, करिब १५० कपडा कारखाना बन्द

बंगलादेशमा पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकको हडताल, करिब १५० कपडा कारखाना बन्द

काठमाडौं। न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै श्रमिकहरू हडतालमा उत्रिएपछि बंगलादेशका करिब १५० कपडा...

#बंगलादेश
Compare →
Arthasansar
3d ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#बंगलादेश
Compare →

Related Stories

Politics & Governance
Build #2612