काठमाडाैँ। मासिक न्यूनतम ज्याला ३० हजार टाका पुर्याउन माग गर्दै बङ्गलादेशका गार्मेन्ट कामदारले राजधानी ढाकाको मिरपुर क्षेत्रमा प्रदर्शन गरेका छन्। देशका विभिन्न औद्योगिक क्षेत्रमा श्रमिक आन्दोलन चर्किएपछि करिब ४० वटा कारखाना बन्द भएका छन्।
प्रदर्शनकारीले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई हटाएको थियो। सावरको हेमायतपुरस्थित पद्मार मोरमा सोमबार दिउँसो भेला भएका कामदार प्रहरीको आग्रहपछि शान्तिपूर्वक तितरबितर भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )