भोटेकोसी बाढीमा बेपत्ता भएका प्रहरी हवल्दार नरेन्द्रप्रसाद भट्टको तीन महिनापछि अन्तिम संस्कार गरिएको छ । सोमबार कुशको शव बनाएर महाकाली नदीमा अन्तिम संस्कार गरिएको हो ।
कञ्चनपुर — भोटेकोसी बाढीमा बेपत्ता भएका प्रहरी हवल्दार नरेन्द्रप्रसाद भट्टको तीन महिनापछि अन्तिम संस्कार गरिएको छ । सोमबार कुशको शव बनाएर महाकाली नदीमा अन्तिम संस्कार गरिएको हो ।
कञ्चनपुरको बेदकोट नगरपालिका ८ आम्थलाका भट्ट इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रहेकै बेला बाढीमा परेर बेपत्ता भएका थिए । त्यसयता परिवारले उनको खोजीका लागि विभिन्न प्रयास गरेको थियो । तर कहिँकतैबाट केही खबर प्राप्त भएन ।
‘कतैबाट केही खबर आउँछ कि भन्ने आसमा थियौं,’ नरेन्द्रका भाई दिनेशराज भट्टले भने, ‘केही खबर पनि आएन, शव पनि भेटिएन, कति पर्खिने भनेर कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णयमा पुगेका हौं ।’ कुशको शवमा बुवा खेमराज भट्टले दागबत्ती दिएका छन् ।
भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।