Trending
Prev Story
Next Story

डीएनएको रिपोर्ट ढिला आउने भएपछि भोटेकोशी बाढीमा बेपत्ता खत्रीको कुशको शव बनाएर अन्त्येष्टि

Ekantipur •
November 22, 2026 • 05:02 AM
2
2 reads 0 reactions

रसुवाको मैलुङ पोस्टमा कार्यरत खत्री बाढीमा बेपत्ता भएका थिए; सम्भावित शव फेला परे पनि डीएनए रिपोर्ट ढिलो हुँदा परिवारले संस्कार अघि बढायो।

डीएनएको रिपोर्ट ढिला आउने भएपछि भोटेकोशी बाढीमा बेपत्ता खत्रीको कुशको शव बनाएर अन्त्येष्टि

रसुवाको मैलुङ पोस्टमा कार्यरत खत्री बाढीमा बेपत्ता भएका थिए; सम्भावित शव फेला परे पनि डीएनए रिपोर्ट ढिलो हुँदा परिवारले संस्कार अघि बढायो।

खोटाङ — भोटेकोशीको बाढीमा बेपत्ता दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३२ वर्षीय पवन खत्रीको कुशको शव बनाएर आइतबार अन्त्येष्टि गरी काजकिरिया सुरु गरिएको छ । खत्रीको शव फेला नपर्नुका साथै डीएनए परीक्षणको रिपोर्टसमेत ढिलो भएकाले संस्कारअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरी काजकिरिया सुरु गरिएको हो ।

पवन नुवाकोटस्थित शेर गणअन्तर्गत रसुवाको मैलुङ पोस्टमा कार्यरत थिए । ड्युटीमा रहेकै बेला बाढीले बेपत्ता भएका खत्रीको बर्दघाट सुस्ता पश्चिमको गौडाकोटमा शव फेला परेको भनिए पनि पुष्टि नभएको र डीएनए परीक्षणको रिपोर्ट पनि ढिलो भएकाले संस्कारअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरी काजकिरिया सुरु गरिएको पवनका आफन्त लीलाबहादुर खत्रीले बताए । ‘शव फेला पर्दैन भन्ने लाग्यो, डीएनए परीक्षणको रिपोर्ट पनि ढिलो आउने बुझियो,’ खत्रीले भने, ‘त्यही भएर हाम्रो हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरी काजकिरिया सुरु गरिएको हो ।’

फेला परेको पवनको जस्तो देखिने शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहतमा व्यवस्थापन गरिएको खत्रीले जनाए । उक्त शवको डीएनएको नमुना काठमाडौं आइसकेको र पवनकी आमा रुद्रमायाको नमुना पनि भदौ १९ गते नै काठमाडौं पठाइसकेको भए पनि रिपोर्ट नआएकाले अन्त्येष्टि गरिएको खत्रीको भनाइ छ ।

त्यस्तै, बाढीमै बेपत्ता भएका अन्य सात जनाको पनि डीएनए परीक्षणको रिपोर्ट आएको छैन । उक्त बाढीमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सुर्जबहादुर परियार, ऐसेलुखर्क गाउँपालिका–३ का ५३ वर्षीय युवराज राई, ३३ वर्षीय यसबहादुर राई, वडा नं. ४ का ४१ वर्षीय बालकुमार तामाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका २७ वर्षीय सुर्जबहादुर परियार, उक्त नगरपालिका–१५ विजयखर्कका ४३ वर्षीय कविन राई र जन्तेढुंगा गाउँपालिका–६ का ३० वर्षीय प्रज्ञान राई बेपत्ता भएका थिए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
भोटेकोशी बाढीमा बेपत्ता बाबुछोराको कुशको शव बनाएर अन्त्येष्टि

भोटेकोशी बाढीमा बेपत्ता बाबुछोराको कुशको शव बनाएर अन्त्येष्टि

रसुवाको भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका रामपुर नगरपालिका–७ मोहोटीका युवराज सुति (रामु) र उहाँका छोरा अमृत सुतिको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । बाबुछोरा दुवै जना हालसम्म फेला नपरेपछि धार्म...

#बाढी #बेपत्ता #भोटेकोशी
Compare →
Nagarik News
2d ago
कञ्चनपुरका भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई    दुई लाख राहत

कञ्चनपुरका भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई दुई लाख राहत

भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

#बाढी #बेपत्ता #भोटेकोशी
Compare →
Onlinekhabar
1d ago
भोटेकोशी बाढीमा बेपत्ता गोविन्दका परिवारलाई स्वतन्त्र चालक संघको सहयोग

भोटेकोशी बाढीमा बेपत्ता गोविन्दका परिवारलाई स्वतन्त्र चालक संघको सहयोग

४ मंसिर, काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता गंगाजमुना गाउँपालिका-६ का गोविन्द विकको परिवारलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको छ। स्वतन्त्र चालक संघ नेपालले विकको परिवारलाई खाद्यन्न सहयोग …

#बेपत्ता #भोटेकोशी #बाढी
Compare →
Arthasansar
5d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#बेपत्ता
Compare →
Bizshala
14h ago
४६ वर्षपछि नेपाल फर्किँदै गोडाइगो ब्यान्ड, भोटेकोशीका बाढीपीडितलाई ३० लाख दिने

४६ वर्षपछि नेपाल फर्किँदै गोडाइगो ब्यान्ड, भोटेकोशीका बाढीपीडितलाई ३० लाख दिने

काठमाण्डौ । सन् १९८० मा दशरथ रंगशालामा प्रस्तुति दिएको जापानी ब्यान्ड गोडाइगो (GODIEGO) ४६ वर्षपछि नेपाली दर्शकमाझ फर्किँदैछ...

#भोटेकोशी #बाढी
Compare →

Related Stories

Science & Climate
Build #2612