Trending
Prev Story
Next Story

सय मिलियन डलर कमाउने पहिलो डकुमेन्ट्री बन्यो ‘यु क्यान सी एभ्रिथिङ’

Ekantipur •
November 23, 2026 • 05:33 AM
5
5 reads 0 reactions

‘लेटरबक्स’ मा पनि यसले इतिहास रचेको छ । लेटरबक्सका १० लाख प्रयोगकर्ताहरूले हेरेको पहिलो डकुमेन्ट्री फिल्म बनेको छ ।

सय मिलियन डलर कमाउने पहिलो डकुमेन्ट्री बन्यो ‘यु क्यान सी एभ्रिथिङ’

‘लेटरबक्स’ मा पनि यसले इतिहास रचेको छ । लेटरबक्सका १० लाख प्रयोगकर्ताहरूले हेरेको पहिलो डकुमेन्ट्री फिल्म बनेको छ ।

काठमाडौँ — अमेरिकी डकुमेन्ट्री फिल्म ‘यु क्यान सी एभ्रिथिङ’ ले विश्वव्यापी बक्स अफिसमा १० करोड डलर (१ सय मिलियन) को ऐतिहासिक आँकडा पार गर्दै नयाँ कीर्तिमान बनाएको छ । डकुमेन्ट्री विधाका फिल्मका लागि यो अहिलेसम्मकै सर्वाधिक हो ।

मल्टी–बिलियन डलरको ठगी काण्डमा फसेकी मेडिकल प्रविधि कम्पनी ‘थेरानोस’ की संस्थापक एलिजाबेथ होम्सको कारागार जानुअघिको जीवनमा केन्द्रित यस फिल्मलाई ए२४ ले निर्माण गरेको हो ।

गत अक्टोबर १६ मा उत्तर अमेरिकामा रिलिज भएको ३ घण्टा लामो यस डकुमेन्ट्रीले घरेलु बक्स अफिसबाट मात्र ९ करोड ३४ लाख डलर (९३.४ मिलियन) संकलन गरिसकेको छ । हालै बेलायत, अस्ट्रेलिया र स्क्यान्डेनेभियालीलगायत मुलुकहरूमा प्रदर्शन भईरहेको यस फिल्मका अधिकांश शोहरू हाउसफुल भइरहेका छन् ।

यसअघि पहिलो सप्ताहन्तमै १ करोड ५६ लाख डलर कमाउँदै यो ‘फरेनहाइट ९/११’ पछि इतिहासकै दोस्रो ठूलो ओपनिङ गर्ने ‘नन–म्युजिक’ डकुमेन्ट्री बनेको थियो ।

‘लेटरबक्स’मा पनि कीर्तिमानी, १० लाखले हेरे

बक्स अफिससँगै सामाजिक सञ्जाल प्लेटफर्म ‘लेटरबक्स’ मा पनि यस डकुमेन्ट्री फिल्मले इतिहास रचेको छ । लेटरबक्सका १० लाख प्रयोगकर्ताहरूले हेरेको यो इतिहासकै पहिलो डकुमेन्ट्री फिल्म बनेको छ । सन् २०२६ मा रिलिज भएका फिल्महरूमध्ये यो कोशेढुंगा पार गर्ने यो १९औं फिल्म हो ।

४.६१ को औषत रेटिङका साथ यो लेटरबक्सको इतिहासमै ‘स्टप मेकिङ सेन्स’ पछि दोस्रो धेरै रुचाइएको डकुमेन्ट्री फिल्म बनेको छ ।

नातान फिल्डर र लान्स ओपेनहाइमद्वारा निर्देशित यस डकुमेन्ट्री फिल्मले ‘थेरानोस’ की संस्थापक एलिजाबेथ होम्स कारागार चलान हुनुभन्दा ३४ दिन अघिको उनको पारिवारिक र व्यक्तिगत जीवनको तनाबलाई नजिकबाट नियालेको छ ।

होम्स र उनका पार्टनर बिली इभान्सको उतारचढावपूर्ण दैनिकी र उनीहरूका बालबालिकालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

‘कतिपय अवस्थामा छायांकनको वातावरण निकै तनाबपूर्ण हुन्थ्यो,’ छायाकार डेभिड बोलनले एक स्क्रिनिङका क्रममा भनेका थिए, ‘मैले परिस्थितिबाट आफूलाई टाढै राख्न र क्यामरामार्फत केवल सत्यलाई कैद गर्न धेरै प्रयास गरें ।’

‘रोटन टोमाटोज’ मा ९७ प्रतिशत क्रिटिक्स रेटिङ पाएको यस डकुमेन्ट्रीलाई ‘द हलिउड रिपोर्टर’ ले ‘स्मार्ट, ठट्टाले भरिएको र अनपेक्षित’ भन्दै अस्कर अवार्डको प्रवल दाबेदारको रूपमा चित्रण गरेको छ ।

–यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचारमा आधारित भई तयार पारिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
बाढीपीडितका लागि चीनले दिने २ मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

बाढीपीडितका लागि चीनले दिने २ मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ– सरकारले भोटेकोशी-त्रिशूली बाढी प्रभावितका लागि चीन सरकारले सहयोग स्वरुप दिएको २ मिलियन अमेरिकी डलर अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ।

#डलर #मिलियन
Compare →
Bizshala
11h ago
बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?

बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहको पहिलो राजकीय भारत भ्रमणलाई प्रमुख भारतीय सञ्चारमाध्यमले आइतबार निरन्तर पछ्याए।...

#डलर #बन्यो
Compare →
Nagarik News
1d ago
१६०० करोड भारु कमाउने पाँचौँ भारतीय फिल्म बन्यो ‘रामायण’

१६०० करोड भारु कमाउने पाँचौँ भारतीय फिल्म बन्यो ‘रामायण’

‘रामायण’ विश्वभर १ हजार ६ सय करोड वा सोभन्दा बढी कमाइ गर्ने पाँचौँ भारतीय फिल्म बनेको छ।

#फिल्म #कमाउने #बन्यो
Compare →
Onlinekhabar
2d ago
अमेरिकी डलर स्थिर, युरो र पाउन्डकाे भाउ बढ्यो

अमेरिकी डलर स्थिर, युरो र पाउन्डकाे भाउ बढ्यो

७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ स्थीर छ । युरो र पाउण्डको भाउ भने हिजोको तुलनामा घटेको छ । अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ पनि …

#डलर
Compare →

Related Stories

Technology
Build #2612