Trending
Prev Story
Next Story

घरेलु बक्स अफिसमा ‘द हंगर गेम्स’को ऐतिहासिक पुनरागमन

Ekantipur •
November 23, 2026 • 02:32 AM
3
3 reads 0 reactions

१५ करोड डलरको बजेटमा निर्माण भएको यस फिल्मले ओपनिङ विकेन्डमै २२ करोड ५० लाख डलर संकलन गरिसकेको रिपोर्ट छ ।

घरेलु बक्स अफिसमा ‘द हंगर गेम्स’को ऐतिहासिक पुनरागमन

१५ करोड डलरको बजेटमा निर्माण भएको यस फिल्मले ओपनिङ विकेन्डमै २२ करोड ५० लाख डलर संकलन गरिसकेको रिपोर्ट छ ।

काठमाडौँ — १४ वर्ष लामो इतिहास बोक्दै ६ वटा सिरिज पार गरिसकेको बहुचर्चित हलिउड फ्रेन्चाइज ‘द हंगर गेम्स’ले उत्तर अमेरिकी बक्स अफिसमा पुनः आफ्नो वर्चस्व कायम गरेको छ ।

नयाँ फिल्म ‘द हंगर गेम्सः सनराइज अन द रिपिङ’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमै घरेलु बक्स अफिसमा १२ करोड डलरको सानदार ओपनिङ गर्दै ब्याक–टु–ब्याक रेकर्ड बनाएको छ ।

१५ करोड डलरको बजेटमा निर्माण भएको यस फिल्मले ओपनिङ विकेन्डमै २२ करोड ५० लाख डलर संकलन गरिसकेको रिपोर्ट छ ।

सन् २०२३ मा आएको यसको प्रिक्वेल ‘द ब्यालेड अफ सोङबर्ड्स एन्ड स्नेक्स’ले विश्वभरबाट ३६ करोड १८ लाख डलर मात्र कमाएको थियो, जुन अघिल्ला चार फिल्मको तुलनामा आधा मात्र थियो । तर लायन्सगेटद्वारा निर्मित यस नयाँ सिरिजले भने फ्रेन्चाइजको साख पुन फर्काएको छ ।

लायन्सगेट मोसन पिक्चर ग्रुपका अध्यक्ष एडम फोगेलसनका अनुसार छैटौं सिरिजमा आइपुग्दा यसरी व्यवसायको लय उकास्नु निकै दुर्लभ र सन्तोषजनक विषय हो ।

सन् २०२६ मा १० करोड डलरभन्दा बढीको घरेलु ओपनिङ गर्ने पाँचौं फिल्म बन्दै यसले ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’, ‘टोय स्टोरी ५’, ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ र क्रिस्टोफर नोलनको ‘द ओडिसी’ जस्ता फिल्महरूको सूचीमा पंक्तिबद्ध भएको छ ।

‘जीटीए ६’ को चुनौतीका बीच ‘जेन–जी’ को साथ

यो साता भिडियो गेमका पारखीहरू १३ वर्षदेखि प्रतिक्षित बनेको गेम ‘ग्रान्ड थेफ्ट अटो ६’ मा व्यस्त भइरहँदा पनि ‘हंगर गेम्स’ को नयाँ सिरिजले हलसम्म दर्शक तान्न सफल भएको देखियो । तथ्यांक अनुसार फिल्म हेर्नेहरूमध्ये ७४ प्रतिशत दर्शक १८ देखि ३४ वर्ष उमेर समूहका जेन–जी रहेका छन् ।

फ्रान्सिस लरेन्सको निर्देशनमा बनेको यो फिल्म साविक सिरिजभन्दा २५ वर्ष अघिको पृष्ठभूमिमा आधारित छ । यसमा युवा हेमिट्च एबरनाथी (जो जाडा) को कथालाई मुख्य विषयवस्तु बनाइएको छ ।

फिल्ममा मकेना ग्रेस, बेन वाङ, रिकी कलकिन र राल्फ फिएनेस जस्ता कलाकारहरूको अभिनय रहेको छ ।

घरेलु बक्स अफिसको रिपोर्ट अनुसार ‘द हंगर गेम्सः सनराइज अन द रिपिङ’ ले ४१२० मिलियनको कलेक्सन गरिसकेको छ । जून कमाई ‘आई प्ले रकी’ को ४९.३ मिलियन भन्दा बढि हो । जबकी ‘एबेनेजर’ ले मात्र ४७.७ मिलियन, ‘द क्याट इन द हृयाट’ले ४६.९ मिलियन, ‘गडजिल्ला माइनस जेरो’ ले ४२.७ मिलियन र ‘यु क्यान सी एभ्रिथिङ’ ले ४२.५ मिलियन डलर कमाई गरेका छन् ।

त्यसैगरी, ‘वाइल्ड होर्स नाइन’ ले ४२.५ मिलियन, ‘घोस्ट सोल्जर’ ४२.४ मिलियन, ‘वाइल्डवुड’ ४२.३ मिलियन डलर कमाई गरेको छ भने दशौं नम्बरमा भारतीय फिल्म ‘रामायण’ ले ४२.१ मिलियन डलर कमाई गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
51m ago
घरेलु बक्स अफिसमा ‘द हंगर गेम्स’को ऐतिहासिक पुनरागमन

घरेलु बक्स अफिसमा ‘द हंगर गेम्स’को ऐतिहासिक पुनरागमन

घरेलु बक्स अफिसमा ‘द हंगर गेम्स’को ऐतिहासिक पुनरागमन १५ करोड डलरको बजेटमा निर्माण भएको यस फिल्मले ओपनिङ विकेन्डमै २२ करोड ५० लाख डलर संकलन गरिसकेको रिपोर्ट छ । मंसिर ७, २०८३ एपी काठमाडौँ — १४ व...

#डलर #बक्स #घरेलु
Compare →
Onlinekhabar
6d ago
हिन्दी फिल्महरू बक्स अफिसमा किन असफल भइरहेका छन् ?

हिन्दी फिल्महरू बक्स अफिसमा किन असफल भइरहेका छन् ?

बक्स अफिसमा फिल्म असफल हुनु, दर्शकले एउटै ढर्राका फिल्म अस्वीकार गर्नु, दक्षिण भारतीय फिल्मको रिमेकले दर्शकसँग सम्बन्ध स्थापित गर्न नसक्नु र फिल्मको पटकथा लेखनमा कलाकारका व्यवस्थापकहरूको हस्तक्षेप बढ्नु अहिले हिन्दी फिल्म उद्योगका प्रमुख समस्या मानिएका …

#फिल्म #बक्स #अफिस
Compare →
Bizshala
2d ago
सेयर बजारमा एन्थ्रोपिकको ऐतिहासिक प्रवेश, मूल्याङ्कन १.७६ ट्रिलियन डलर

सेयर बजारमा एन्थ्रोपिकको ऐतिहासिक प्रवेश, मूल्याङ्कन १.७६ ट्रिलियन डलर

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिक अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत भएसँगै विश्वकै मूल्यवान्...

#डलर #ऐतिहासिक
Compare →

Related Stories

World News
Build #2612