Trending
Prev Story
Next Story

सिटिजन्स सुपर ५० म्युचुअल फन्डको इकाईमा आवेदन दिने म्याद थप, मंसिर १६ सम्म आवेदन दिन पाइने

Arthasansar •
November 23, 2026 • 06:06 AM
3
3 reads 0 reactions

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ५० को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ। मागअनुसार पर्याप्त...

सिटिजन्स सुपर ५० म्युचुअल फन्डको इकाईमा आवेदन दिने म्याद थप, मंसिर १६ सम्म आवेदन दिन पाइने

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ५० को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ। मागअनुसार पर्याप्त आवेदन नपरेपछि योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले मंसिर १६ गतेसम्म इकाई बिक्री खुला राख्ने जनाएको छ। यसअघि मंसिर २ गतेदेखि ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

सिटिजन्स सुपर ५० बन्दमुखी प्रकृतिको म्युचुअल फन्ड योजना हो। यस योजनाले प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई निष्काशन गर्न लागेको हो। जसमध्ये कुल निष्काशित इकाईको न्यूनतम १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनलका लागि छुट्याइएको छ। बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

यस योजनामा लगानी गर्न इच्छुक व्यक्तिले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम आवेदन रकम एक हजार रुपैयाँ लाग्नेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखाबाट दिन सकिनेछ।

त्यस्तै लगानीकर्ताले सिडिएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। कम्पनीका अनुसार इकाई निष्काशन मंसिर १६ गते बैंकिङ समयपछि बन्द हुनेछ। तर तोकिएको म्यादअघि नै मागभन्दा बढी आवेदन परेमा बिक्री प्रक्रिया अगावै बन्द गरिनेछ। यस योजनाको कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल र योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटल लिमिटेड रहेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
44m ago
सिटिजन्स सुपर ५० को इकाई बिक्री मंसिर १६ गते बन्द हुने

सिटिजन्स सुपर ५० को इकाई बिक्री मंसिर १६ गते बन्द हुने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘सिटिजन्स सुपर ५०’ बन्दमुखी योजनाको इकाई निष्कासन तथा बिक्री...

#सिटिजन्स #इकाई #सुपर
Compare →
Hamro Patro News
3d ago
अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङबाट एसआईपीमा आवेदन दिन सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङबाट एसआईपीमा आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वेबसाइट तथा मोबाइल बैंकिङमार्फत एसआईपीमा आवेदन दिन सकिने सुविधा ल्याएको छ । बैंकले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण लगानीकर्ताहरूमा निय...

#सिटिजन्स #आवेदन
Compare →
Ekantipur
3d ago
मंसिर १० गतेसम्म सेयर हुनेले एनआईसी एसिया बैंकको हकप्रद किन्न पाउने

मंसिर १० गतेसम्म सेयर हुनेले एनआईसी एसिया बैंकको हकप्रद किन्न पाउने

मंसिर १० गतेसम्म बैंकको सेयरधनी कायम भएका लगानीकर्ताले यस्तो हकप्रद सेयरमा आवेदन दिन पाउँछन् ।

#आवेदन #मंसिर
Compare →
Onlinekhabar
2d ago
गुल्मी अस्पतालको नवनिर्मित भवनबाट मंसिर अन्तिम सातादेखि सेवा दिने तयारी

गुल्मी अस्पतालको नवनिर्मित भवनबाट मंसिर अन्तिम सातादेखि सेवा दिने तयारी

७ मंसिर, गुल्मी । गुल्मी अस्पतालको नवनिर्मित पाँच तले भवनबाट मंसिर अन्तिम सातादेखि पूर्ण स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी थालिएको छ । भवनमा गृह प्रवेश गरिएसँगै अस्पतालले आवश्यक उपकरण, सामग्री तथा पूर्वाधार व्यवस्थापनको तयारी थालेको छ। २५ …

#दिने #मंसिर
Compare →

Related Stories

Business & Economy
Build #2612