Trending
Prev Story
Next Story

गुल्मी अस्पतालको नवनिर्मित भवनबाट मंसिर अन्तिम सातादेखि सेवा दिने तयारी

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

७ मंसिर, गुल्मी । गुल्मी अस्पतालको नवनिर्मित पाँच तले भवनबाट मंसिर अन्तिम सातादेखि पूर्ण स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी थालिएको छ । भवनमा गृह प्रवेश गरिएसँगै अस्पतालले आवश्यक उपकरण, सामग्री तथा पूर्वाधार व्यवस्थापनको तयारी थालेको छ। २५ …

गुल्मी अस्पतालको नवनिर्मित भवनबाट मंसिर अन्तिम सातादेखि सेवा दिने तयारी

७ मंसिर, गुल्मी । गुल्मी अस्पतालको नवनिर्मित पाँच तले भवनबाट मंसिर अन्तिम सातादेखि पूर्ण स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी थालिएको छ ।

भवनमा गृह प्रवेश गरिएसँगै अस्पतालले आवश्यक उपकरण, सामग्री तथा पूर्वाधार व्यवस्थापनको तयारी थालेको छ।

२५ करोड ९५ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको भवनमा ओपीडी, आकस्मिक, प्रसूति, शल्यक्रिया, आईसीयू तथा विशेषज्ञ उपचार सेवाका संरचना छन्।

नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालको सेवा विस्तार हुनुका साथै बिरामीलाई सहज र गुणस्तरीय उपचार उपलब्ध हुने अस्पताल प्रमुख डा. विभव बस्यालले बताए।

पुरानो साँघुरो भवनका कारण सेवा प्रवाहमा हुँदै आएको कठिनाइ नयाँ भवन सञ्चालनसँगै हट्ने अपेक्षा गरिएको छ।

२०७८ असारमा निर्माण सम्झौता भएको भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माणमा झण्डै पाँच वर्ष लागेको हो।

नयाँ भवनबाट सेवा सुरु भएपछि सामान्यदेखि जटिल स्वास्थ्य उपचारका लागि समेत बाहिरी जिल्ला जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
21h ago
गुल्मी अस्पतालको नवनिर्मित भवनमा गृह प्रवेश, लगत्तै सेवा प्रारम्भ हुने

गुल्मी अस्पतालको नवनिर्मित भवनमा गृह प्रवेश, लगत्तै सेवा प्रारम्भ हुने

मंसिरभित्रै सेवा अवरोध नहुनेगरी सबै सेवा नयाँ भवनमा सार्ने तयारी रहेको गुल्मी अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डाक्टर विभव बस्यालले जानकारी दिए ।

#भवन #अस्पताल #गुल्मी
Compare →
Nagarik News
1d ago
खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

जिल्ला अस्पताल खोटाङले सुविधासम्पन्न नयाँ पक्की भवन पाएपछि ५० शय्याको उपचार सेवा सुरु गर्ने तयारी थालेको छ।

#भवन #अस्पताल #तयारी
Compare →
Hamro Patro News
19h ago
लक्जम्बर्गमा नेपाल–युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा

लक्जम्बर्गमा नेपाल–युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा

लक्जम्बर्गमा नोभेम्बर २९ र ३० मा आयोजना हुने नेपाल–युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न...

#तयारी #अन्तिम
Compare →

Related Stories

Health & Wellness
Build #2612