काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वेबसाइट तथा मोबाइल बैंकिङमार्फत एसआईपीमा आवेदन दिन सकिने सुविधा ल्याएको छ । बैंकले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण लगानीकर्ताहरूमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको “सिटिजन्स सदाबहार योजना” एसआईपी अब ग्राहकहरूले डिजिटल माध्यमबाट सहज रूपमा आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।
ग्राहकहरूले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको डिजी बैंक सेवामार्फत बैंकको आधिकारिक वेबसाइट तथा मोबाइल बैंकिङबाट नै प्रत्यक्ष रूपमा एसआईपी आवेदन दर्ता गरी लगानी प्रक्रिया सुरु गर्न सक्नेछन् । यस सुविधाले एसआईपी आवेदन प्रक्रियालाई अझ सरल, छिटो तथा सुरक्षित बनाउनुका साथै ग्राहकहरूलाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न थप सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )