Trending
Prev Story
Next Story

खानेपानीको बक्यौता तिर्नेलाई जरिबानामा ९० प्रतिशतसम्म छुट

Onlinekhabar •
November 19, 2026 • 03:01 AM
4
4 reads 0 reactions

३ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले महसुल बक्यौता रहेका ग्राहकलाई जरिबानामा ९० प्रतिशतसम्म छुट दिने भएको छ । लिमिटेडले २०८३ कात्तिक मसान्तसम्मको बक्यौता महसुल तिर्न आउने ग्राहकको ग्राहक लगत (प्थ्ऋ) अद्यावधिक गरी …

खानेपानीको बक्यौता तिर्नेलाई जरिबानामा ९० प्रतिशतसम्म छुट

३ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले महसुल बक्यौता रहेका ग्राहकलाई जरिबानामा ९० प्रतिशतसम्म छुट दिने भएको छ ।

लिमिटेडले २०८३ कात्तिक मसान्तसम्मको बक्यौता महसुल तिर्न आउने ग्राहकको ग्राहक लगत (प्थ्ऋ) अद्यावधिक गरी जरिवाना रकममा छुट दिने निर्णय गरेको हो ।

लिमिटेडले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ मंसिर १ गतेदेखि २०८३ माघ मसान्तसम्म बक्यौता महसुल बुझाउने ग्राहकले जरिवाना रकममा ९० प्रतिशत छुट पाउनेछन् ।

त्यस्तै, २०८३ फागुन १ गतेदेखि चैत मसान्तसम्म बक्यौता बुझाउने ग्राहकलाई जरिवानामा ६० प्रतिशत छुट दिइनेछ ।

यसैगरी २०८४ वैशाख १ गतेदेखि असार मसान्तसम्म बक्यौता बुझाउने ग्राहकले भने जरिवाना रकममा ४० प्रतिशत छुट पाउनेछन् ।

लिमिटेडले बक्यौता महसुल संकलनलाई सहज बनाउन तथा ग्राहकलाई बाँकी महसुल भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाट जरिवाना छुटसम्बन्धी स्वीकृति प्राप्त भएकाले उक्त छुट सुविधा लागू गरिएको सूचनामा उल्लेख छ ।

लिमिटेडले सम्बन्धित सबै ग्राहकलाई तोकिएको अवधिभित्र आफ्नो बक्यौता महसुल बुझाई जरिवाना छुटको सुविधा लिन आग्रह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3d ago
दराजको ११.११ सेल मंसिर ३ सम्म लम्बियो, ८० प्रतिशतसम्म छुट र २ करोड बढीका भौचरको अफर

दराजको ११.११ सेल मंसिर ३ सम्म लम्बियो, ८० प्रतिशतसम्म छुट र २ करोड बढीका भौचरको अफर

काठमाण्डौ । नेपालको अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराजले आफ्नो वर्षकै ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि विस्तार...

#छुट #प्रतिशतसम्म
Compare →
Nagarik News
3h ago
२९ इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम

२९ इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम

नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम नबुझाउने २९ वटा इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र रकम बुझाउन निर्देशन दिएको छ।

#बक्यौता
Compare →
Ekantipur
6d ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुरूप कैद छुट पाएका हुन् ।

#छुट
Compare →
Hamro Patro News
1w ago
चारआली खानेपानीको महसुल घट्यो, मङ्सिरदेखि उपभोक्तालाई राहत

चारआली खानेपानीको महसुल घट्यो, मङ्सिरदेखि उपभोक्तालाई राहत

झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आउँदो मङ्सिर महिनादेखि लागू हुने गरी खानेपानीको महसुल घटाएको छ। समितिले विशेषगरी निम्न वर्गीय उपभोक्तालाई राहत दिने उद्देश्यले सबै श्रेण...

#महसुल #खानेपानी
Compare →

Related Stories

World News
Build #2612