Trending
Prev Story
Next Story

दक्षिण अफ्रिकामा एकै दिन भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा १७ जनाको निधन

Onlinekhabar •
November 16, 2026 • 01:31 PM
4
4 reads 0 reactions

३० कात्तिक, जोहानेसबर्ग (रासस/एपी) । दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ५३६ किलोमिटरको दूरीम भएका यी घटनाको कारण तत्काल खुल्न सकेको छैन । प्रहरीका …

दक्षिण अफ्रिकामा एकै दिन भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा १७ जनाको निधन

३० कात्तिक, जोहानेसबर्ग (रासस/एपी) । दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ५३६ किलोमिटरको दूरीम भएका यी घटनाको कारण तत्काल खुल्न सकेको छैन ।

प्रहरीका अनुसार पिटरमारिट्जबर्ग सहरबाहिर स्विटवाटरमा गोली लागेर क्षतिग्रस्त भएको एउटा गाडीभित्र आठ जनाको शव फेला परेको थियो । घटनामा मारिएका व्यक्तिहरूको पहिचान हुन सकेको छैन भने प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

त्यस्तै, राजधानी प्रिटोरियानजिकै जेफ्सभिलस्थित अनौपचारिक बस्तीको एउटा झुपडीमा गोली लागेका अवस्थामा नौ जनाको शव फेला परेको थियो । आइतबार राति भएको उक्त घटनामा पनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।

प्रहरीका अनुसार जेफ्सभिलमा मारिनेमा छ पुरुष र तीन महिला छन् । उनीहरूमध्ये बालबालिका पनि थिए वा थिएनन् भन्नेबारे प्रहरीले तत्काल पुष्टि गरेको छैन । घटनाको अनुसन्धान गौतेङ प्रान्तको गम्भीर तथा हिंसात्मक अपराध, हत्या र लुटपाटसम्बन्धी एकाइले गरिरहेको छ ।

गौतेङका प्रहरी आयुक्त टमी एमथोम्बेनीले यी हत्याहरू गत वर्ष साउल्सभिल नजिकैको अर्को अनौपचारिक बस्तीमा भएको गोलीकाण्डसँग सम्बन्धित हुन सक्ने बताएका छन्। उक्त घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

एमथोम्बेनीले भने, ‘यी घटनाहरू आपसमा जोडिएका हुन सक्छन् । बदलाको भावनाले गराइएको आक्रमण हुन सक्ने सम्भावनालाई पनि हामीले नकार्न सक्दैनौँ ।’

दक्षिण अफ्रिकामा पछिल्लो एक वर्षयता आपराधिक गिरोहसँग सम्बन्धित सामूहिक गोलीकाण्डका घटनाहरू बढेका छन् ।

गत सेप्टेम्बरमा तटीय सहर डर्बननजिकैको एक गरिब बस्तीमा तीन जना बन्दुकधारीले एउटा घरमा प्रवेश गरी पार्टीमा सहभागीहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए । उक्त घटनामा गर्भवती महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, गत जुनमा जोहानेसबर्गको एक गरिब बस्तीमा बन्दुकधारीहरूले गरेको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीले उक्त घटनालाई पनि आपराधिक गिरोहसँग जोडेको थियो ।

गत वर्ष डिसेम्बरमा दुई साताको अन्तरालमा भएका दुई सामूहिक गोलीकाण्डमा २१ जनाको ज्यान गएको थियो । ती घटनामा पनि धेरै बन्दुकधारी संलग्न थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

सियोल । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै त्यसमा प्रयोग हुने सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा...

#दक्षिण
Compare →
Nagarik News
6h ago
दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

अक्टोबरमा आईसीटी उत्पादनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २०२ प्रतिशतले बढेर ७० अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ।

#दक्षिण
Compare →
Ekantipur
1d ago
दक्षिण कोरियामा लेखापालको परीक्षामा उत्कृष्ट अंक ल्याएका व्यक्तिले एआईबाट चिट चोरेको स्वीकारे

दक्षिण कोरियामा लेखापालको परीक्षामा उत्कृष्ट अंक ल्याएका व्यक्तिले एआईबाट चिट चोरेको स्वीकारे

मुखमा मास्क लगाएर क्यामेराअघि बोलेका हानले प्रहरीसमक्ष लिखित रूपमा आफ्नो अपराध स्वीकार गरिसकेको बताएका छन्

#दक्षिण
Compare →

Related Stories

National (Nepal)
Build #2612