Trending
Prev Story
Next Story

चीनको शक्ति देखाउन जिनपिङले किन रोजे सेन्जेन सहर ?

Onlinekhabar •
November 19, 2026 • 03:02 AM
4
4 reads 0 reactions

३ मंसिर, काठमाडौं । चीनको सेन्जेन सहरमा ट्रम्प, पुटिन र जिनपिङबीच बैठक हुँदै छ। दोस्रो विश्वयुद्धपछि शीर्ष तीन देशका नेताहरूले एकसाथ त्रिपक्षीय बैठक गर्न लागेको यो पहिलो पटक हो। सन् १९७० को दशकसम्म सेन्जेन माझीहरूको एउटा …

चीनको शक्ति देखाउन जिनपिङले किन रोजे सेन्जेन सहर ?

३ मंसिर, काठमाडौं । चीनको सेन्जेन सहरमा ट्रम्प, पुटिन र जिनपिङबीच बैठक हुँदै छ। दोस्रो विश्वयुद्धपछि शीर्ष तीन देशका नेताहरूले एकसाथ त्रिपक्षीय बैठक गर्न लागेको यो पहिलो पटक हो।

सन् १९७० को दशकसम्म सेन्जेन माझीहरूको एउटा सानो गाउँ थियो। सन् १९७९ मा यसलाई सहर बनाइयो। अगस्ट १९८० मा यो चीनको पहिलो विशेष आर्थिक क्षेत्र घोषित भयो। त्यसपछि यहाँ उद्योग र व्यापार विस्तार हुँदै गयो।

आज सेन्जेन अग्ला भवन र ठूला कम्पनीहरू भएको आधुनिक सहर बनिसकेको छ। यसको विकास यति तीव्र गतिमा भयो कि यो आफ्नो छिमेकी हङकङभन्दा पनि ठूलो सहर बन्न पुग्यो। आज यो विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स हब हो।

सेन्जेनबाट चीनको आर्थिक प्रगतिले पायो नयाँ गति

सन् १९९२ मा चीनका तत्कालीन राष्ट्रपति देङ सियाओपिङले सेन्जेनको दुईदिने भ्रमण गरेका थिए। यो भ्रमणलाई चीनको इतिहासमा सदर्न टुर अर्थात् दक्षिणी भ्रमणका नामले चिनिन्छ।

सन् १९७८ मा देङले चीनमा आर्थिक सुधारको सुरुवात गरेका थिए। यसअन्तर्गत निजी व्यवसायलाई प्रवर्द्धन गरियो र विदेशी कम्पनीहरूका लागि चीनमा लगानीको बाटो खोलियो। यसको उद्देश्य चीनको अर्थतन्त्र केवल सरकारी नियन्त्रणमा मात्र नरहोस्, बरु बजार र व्यवसायले पनि अघि बढ्ने अवसर पाऊन् भन्ने थियो।

तर सन् १९८९ मा तियानमेन चोकमा भएको आन्दोलन र सरकारी कारबाहीपछि यी सुधारहरूको गति सुस्त भयो। कम्युनिस्ट पार्टीभित्रै पनि बजारलाई बढी स्वतन्त्रता दिने कुराको विरोध हुन थाल्यो।

यस्तो अवस्थामा देङले सेन्जेन पुगेर चीन आर्थिक सुधारको बाटोबाट पछि हट्नु हुँदैन भन्ने स्पष्ट सन्देश दिए। विदेशी लगानी र व्यवसायलाई प्रवर्द्धन गर्ने नीति जारी रहनुपर्नेमा उनले जोड दिए।

उनको यस भ्रमणपछि चीनमा आर्थिक सुधारले पुनः गति लियो। विदेशी कम्पनीहरूको लगानी बढ्यो र चीन बिस्तारै विश्वको ठूलो उत्पादन केन्द्र बन्यो।

विश्वका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सेन्जेन

आज विश्वका कैयौँ ठूला कम्पनीहरूको कारोबार सेन्जेनबाटै चल्छ। एप्पलका लागि आइफोन र अन्य इलेक्ट्रोनिक सामग्री बनाउने कम्पनी फक्सकनको यहाँ ठूलो कारखाना छ। त्यस्तै, वालमार्टले चीनमा आफ्नो व्यवसाय यही सहरबाट सञ्चालन गर्छ।

चीनका कैयौँ ठूला कम्पनीहरूको मुख्यालय पनि यहीँ छ। जसमा हुवावे, बिवाईडी र ड्रोन निर्माता कम्पनी डिजेआई समावेश छन्।

सेन्जेनमा सी जिनपिङका ४ ठूला एजेन्डा

१. चीनको प्राविधिक शक्ति प्रदर्शन गर्नु

द न्युयोर्क टाइम्सका अनुसार, चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि सेन्जेन एउटा सहर मात्र होइन, बरु चीनको प्राविधिक शक्ति देखाउने ठूलो मञ्च हो।

सेन्जेनमा हुवावे र जेडटीई जस्ता ठूला चिनियाँ कम्पनीहरूको मुख्यालय छ। यहाँका कैयौँ कम्पनीहरू एआईको क्षेत्रमा पनि अमेरिकी कम्पनीहरूलाई टक्कर दिने प्रयास गरिरहेका छन्। यीमध्ये केही कम्पनीमाथि अमेरिकाले प्रतिबन्धसमेत लगाएको छ।

वास्तवमा, अमेरिकाले अक्टोबर २०२२ देखि चीनलाई उन्नत चिप र तिनलाई बनाउने मेसिनको आपूर्तिमा रोक लगाउन सुरु गरेको थियो। यसको उद्देश्य चीनको एआई र चिप बनाउने क्षमतालाई रोक्नु थियो। यसको जवाफमा चीनले आफ्नै प्रविधि विकास गर्न जोड बढायो।

अहिले चीनले हुवावेका प्रोसेसर र डिपसिक जस्ता एआई मोडललाई आफ्नो सफलताका रूपमा देखाइरहेको छ। अमेरिकी प्रतिबन्धका बाबजूत आफ्नो प्राविधिक प्रगति नरोकिएको सन्देश ऊ विश्वलाई दिन चाहन्छ।

चीनले विश्व बजारमा आफ्नो वर्चस्व बढाउन अन्य देशहरूलाई पनि आफ्नो एआई प्रविधि र सहकार्यको प्रस्ताव गरिरहेको छ। अर्कोतर्फ, अमेरिका आफ्ना सहयोगी देशहरूसँग मिलेर चीनमाथिको प्राविधिक निर्भरता कम गर्न चाहन्छ।

अर्थात्, सेन्जेनको यो सम्मेलन केवल व्यापार र लगानीको कार्यक्रम मात्र होइन। यसैमार्फत चीनले प्रविधिको दौडमा आफू पछि नहट्ने सन्देश अमेरिकालाई दिन चाहन्छ।

२. एनभिडिया जासुसी विवादबाट ध्यान मोड्नु

सम्मेलनको ठीकअघि चीन एनभिडियासँग जोडिएको जासुसी विवादमा घेरियो। कम्पनीका सिइओ जेन्सेन हुआङकी निकट एक चिनियाँ व्यवसायी महिलामाथि चीनका लागि गोप्य जानकारी सङ्कलन गरेको आरोप लाग्यो। विवाद बाहिरिएपछि हुआङले पद छाड्नुपर्‍यो। चीनले भने ती आरोपहरू खारेज गरेको छ।

यस विवादका कारण ट्रम्प र सी जिनपिङको भेटवार्ता तथा दुई देशबीचको व्यापार सम्झौतामा असर पर्ने खतरा थियो। तर चीनले यसलाई बेवास्ता गर्दै भेटवार्तालाई निरन्तरता दियो। ट्रम्पले पनि चीन पुग्नु ठीकअघि उसलाई असन्तुष्ट पार्नु ठीक नहुने बताएका थिए।

यद्यपि, अमेरिकाले चीनमाथि दबाब कस्न जारी राखेको छ। ट्रम्प प्रशासन यस्तो नियम ल्याउने तयारीमा छ, जसका कारण चिनियाँ कम्पनीहरूले अन्य देशका डेटा सेन्टरमार्फत एनभिडियाका उन्नत चिपहरू खरिद गर्न पाउने छैनन्।

३. चिनियाँ सामानलाई लिएर अन्य देशको असन्तुष्टि हटाउनु

चीनको ठूलो शक्ति भनेकै सामान उत्पादन गरेर अन्य देशमा बेच्नु हो। उसका कारखानाहरूमा सोलार प्यानल, विद्युतीय कार र दैनिक उपभोग्य वस्तुहरू ठूलो परिमाणमा बन्छन्।

यस वर्षको पहिलो १० महिनामा चीनको निर्यात उसको आयातभन्दा १० खर्ब डलर (१ ट्रिलियन डलर) भन्दा बढी रह्यो। यसबाट उसले गत वर्षको कीर्तिमानसमेत तोड्न सक्छ।

तर, चीनको बढ्दो निर्यातका कारण अमेरिका र युरोपेली देशहरू चिन्तित छन्। चीनले सस्तो मूल्यमा सामान बेचेर अन्य देशका कम्पनीहरूलाई नोक्सान पुर्‍याइरहेको उनीहरूको आरोप छ। त्यसैले धेरै देशहरूले चिनियाँ सामानमाथि प्रतिबन्ध लगाइरहेका छन्।

चीन यस सम्मेलनमार्फत यस्ता प्रतिबन्धहरूको विरोध गर्न र खुला व्यापारको वकालत गर्न चाहन्छ। यद्यपि, अर्कोतर्फ ऊ आफैँले भने विदेशी कम्पनीहरूको सट्टा आफ्ना स्वदेशी कम्पनीहरूलाई प्रवर्द्धन गरिरहेको छ।

४. ट्रम्प र पुटिनसँग एउटै मञ्चमा उभिनु

सी जिनपिङले बिहीबार ट्रम्प र पुटिनसँग बैठक गर्नेछन्। तीन देशका नेताहरू एकसाथ सहभागी हुने यो पहिलो बैठक हुनेछ।

यस बैठकमार्फत चीन आफूलाई एउटा यस्तो शक्तिका रूपमा प्रस्तुत गर्न चाहन्छ, जसले अमेरिका र रुसजस्ता ठूला राष्ट्रहरूलाई एकसाथ वार्ताको टेबुलमा ल्याउन सक्छ।

जिनपिङले विश्व र विशेषगरी आफ्ना देशका नागरिकहरूलाई आफ्नो नेतृत्वमा चीनको विश्वव्यापी भूमिका निकै ठूलो रहेको देखाउन चाहन्छन्। अन्य देशहरूले उसको कुरा सुन्छन् र उसलाई सम्मान गर्छन् भन्ने सन्देश दिन उनी चाहन्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
चीनको शक्ति प्रदर्शन गर्न सी जिनपिंगले किन रोजे सेन्जेन सहर ?

चीनको शक्ति प्रदर्शन गर्न सी जिनपिंगले किन रोजे सेन्जेन सहर ?

दोस्रो विश्वयुद्धपछि पहिलोपटक विश्वका तीन प्रमुख शक्तिराष्ट्रका नेताहरू एकै ठाउँमा त्रिपक्षीय बैठकमा सहभागी हुन लागेका हुन्।

#सेन्जेन #सहर #चीन
Compare →
Hamro Patro News
30m ago
इरानदेखि युक्रेन युद्धसम्म : ट्रम्प, सी र पुटिनको बैठकका पाँच पेचिला मुद्दा

इरानदेखि युक्रेन युद्धसम्म : ट्रम्प, सी र पुटिनको बैठकका पाँच पेचिला मुद्दा

सेन्जेन- विश्व राजनीतिका तीन प्रभावशाली शक्ति राष्ट्र अमेरिका, चीन र रुसका शीर्ष नेताहरू आज एउटै टेबलमा बसेर पाँच महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा छलफल गर्ने तयारीमा छन्। अमेरिकी राष्ट्रपति ड...

#सेन्जेन #चीन
Compare →
Ekantipur
5h ago
सेन्जेन वार्तामा ट्रम्प, सी र पुटिनका आआफ्नै प्राथमिकता

सेन्जेन वार्तामा ट्रम्प, सी र पुटिनका आआफ्नै प्राथमिकता

पुटिनको लक्ष्य युक्रेन युद्ध अन्त्य गराउने सहमतिमा पुग्नु हुनेछ तर अमेरिका तथा चीन यो एजेन्डा राख्न चाँहादैनन्, अर्कातिर ट्रम्प आणविक हतियार नियन्त्रणसम्बन्धी त्रिपक्षीय सम्झौता गर्न चाहन्छन् तर त्यसमा चीन इच्छुक देखिँदैन

#चीन #सेन्जेन
Compare →
Bizshala
1d ago
चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा...

#चीन
Compare →

Related Stories

World News
Build #2612