Trending
Prev Story
Next Story

सिटिजन्स सुपर ५० को इकाई बिक्री मंसिर १६ गते बन्द हुने

Bizshala •
November 23, 2026 • 05:35 AM
5
5 reads 0 reactions

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘सिटिजन्स सुपर ५०’ बन्दमुखी योजनाको इकाई निष्कासन तथा बिक्री...

सिटिजन्स सुपर ५० को इकाई बिक्री मंसिर १६ गते बन्द हुने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘सिटिजन्स सुपर ५०’ बन्दमुखी योजनाको इकाई निष्कासन तथा बिक्री मंसिर १६ गते बन्द हुने भएको छ।

योजनाको निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले सूचना जारी गर्दै इकाई खरिदका लागि आवेदन दिने अन्तिम मिति मंसिर १६ गतेसम्म कायम गरिएको जनाएको हो।

यसअघि मंसिर २ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको योजनाको इकाईमा मंसिर ७ गतेसम्म पर्याप्त आवेदन नपरेपछि निष्कासन अवधि थप गरिएको थियो।

सिटिजन्स सुपर ५० योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्कासन गरिएको छ।

निष्कासन गरिएका कुल इकाईमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड ५० लाख इकाई अर्थात् १५ करोड रुपैयाँबराबरको इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि सुरक्षित गरिएको छ।

बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरिएको हो।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
7m ago
सिटिजन्स सुपर ५० म्युचुअल फन्डको इकाईमा आवेदन दिने म्याद थप, मंसिर १६ सम्म आवेदन दिन पाइने

सिटिजन्स सुपर ५० म्युचुअल फन्डको इकाईमा आवेदन दिने म्याद थप, मंसिर १६ सम्म आवेदन दिन पाइने

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ५० को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ। मागअनुसार पर्याप्त...

#सिटिजन्स #इकाई #सुपर
Compare →
Hamro Patro News
3h ago
७ मंसिर २०८३

७ मंसिर २०८३

सम्बन्धित समाचार २७ कार्तिक २०८३ २८ कार्तिक २०८३ ३० कार्तिक २०८३ १ मंसिर २०८३ २ मंसिर २०८३ ३ मंसिर २०८३ ४ मंसिर २०८३ ५ मंसिर २०८३

#मंसिर
Compare →
Ekantipur
4h ago
७ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

७ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १४८.५८मा, युरो रु १६२.९६मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#बिक्री #मंसिर
Compare →
Nagarik News
16h ago
एप्पलको ‘नेमड्रप’ फिचरमाथि भारतमा १ हजार ५०० करोड भारुको मुद्दा, बिक्री रोक्न माग

एप्पलको ‘नेमड्रप’ फिचरमाथि भारतमा १ हजार ५०० करोड भारुको मुद्दा, बिक्री रोक्न माग

कम्पनीले क्षतिपूर्तिसँगै पेटेन्ट उल्लंघन भएको दाबी गरिएका एप्पलका उपकरणको भारतमा आयात र बिक्री रोक्नसमेत अदालतसँग माग गरेको छ।

#बिक्री
Compare →
Onlinekhabar
2d ago
गुल्मी अस्पतालको नवनिर्मित भवनबाट मंसिर अन्तिम सातादेखि सेवा दिने तयारी

गुल्मी अस्पतालको नवनिर्मित भवनबाट मंसिर अन्तिम सातादेखि सेवा दिने तयारी

७ मंसिर, गुल्मी । गुल्मी अस्पतालको नवनिर्मित पाँच तले भवनबाट मंसिर अन्तिम सातादेखि पूर्ण स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी थालिएको छ । भवनमा गृह प्रवेश गरिएसँगै अस्पतालले आवश्यक उपकरण, सामग्री तथा पूर्वाधार व्यवस्थापनको तयारी थालेको छ। २५ …

#मंसिर
Compare →

Related Stories

Business & Economy
Build #2612