Trending
Prev Story
Next Story

सप्तरी मालपोत कार्यालय परिसरका अवैध संरचना डोजर लगाएर हटाइयो

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

७ मंसिर, सप्तरी । भूमि प्रशासन कार्यालय (मालपोत) राजविराजको हाताभित्र अतिक्रमण गरी लेखापढी व्यवसायीले निर्माण गरेका घर तथा अन्य संरचना हटाइएको छ। ‎ ‎सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा आइतबार साँझ राजविराज नगरपालिकाका नगरप्रहरी र डोजरको …

सप्तरी मालपोत कार्यालय परिसरका अवैध संरचना डोजर लगाएर हटाइयो

७ मंसिर, सप्तरी । भूमि प्रशासन कार्यालय (मालपोत) राजविराजको हाताभित्र अतिक्रमण गरी लेखापढी व्यवसायीले निर्माण गरेका घर तथा अन्य संरचना हटाइएको छ। ‎ ‎सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा आइतबार साँझ राजविराज नगरपालिकाका नगरप्रहरी र डोजरको सहयोगमा कार्यालय परिसरभित्र निर्माण गरिएका अवैध संरचना हटाइएको हो। ‎ ‎संरचना हटाइएसँगै कार्यालयभित्र हुने बिचौलियाको पहुँच नियन्त्रणमा आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। ‎ ‎यसअघि भूमि प्रशासन कार्यालयले पटकपटक सूचना जारी गर्दै परिसरभित्र सञ्चालनमा रहेका लेखापढी व्यवसाय तथा संघ–संस्थाका कार्यालय बन्द गर्न आग्रह गरेको थियो । लेखापढी व्यवसाय खाली गर्न अटेरी गर्दै आएको थियो । ‎ ‎यसैबीच, राजविराज नगरपालिकाले अड्डा लाइनसहित नगर क्षेत्रका अतिक्रमित फुटपाथ खाली गराउने अभियानलाई पनि तीव्रता दिएको छ। ‎ ‎कार्यवाहक नगरप्रमुख इसरत परविणका अनुसार फुटपाथ खाली गर्न पटकपटक सूचना जारी गर्दा पनि अटेर गरिएपछि नगरप्रहरी र डोजर परिचालन गरी अतिक्रमित संरचना हटाउन थालिएको हो। ‎ ‎नगरपालिकाले सार्वजनिक सडक तथा फुटपाथलाई अतिक्रमणमुक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
15h ago
भूमि प्रशासन हाताभित्र रहेको लेखपढीको घर-संरचना भत्काइयो

भूमि प्रशासन हाताभित्र रहेको लेखपढीको घर-संरचना भत्काइयो

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा राजविराज नगरपालिकाका नगरप्रहरी र डोजरको सहयोगमा भूमि प्रशासनले आफ्नो हाताभित्र बनाइएका संरचना हटाएको हो।

#संरचना #राजविराज
Compare →
Arthasansar
22h ago
घोराही सिमेन्टको सेयर संरचना परिवर्तन गर्ने, बोलायो साधारणसभा

घोराही सिमेन्टको सेयर संरचना परिवर्तन गर्ने, बोलायो साधारणसभा

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आफ्नो सेयर संरचना परिवतर्न गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले छैटौँ वार्षिक...

#संरचना
Compare →
Hamro Patro News
5d ago
ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौँ। ट्रेड युनियनका संरचना हटाउने गरी सरकारको निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले मंग...

#संरचना
Compare →
Nagarik News
6d ago
कान्ति ताल बेवारिसे, भत्किँदै संरचना

कान्ति ताल बेवारिसे, भत्किँदै संरचना

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ।

#संरचना
Compare →

Related Stories

Business & Economy
Build #2612