Trending
Prev Story
Next Story

पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको भन्दै भोटेकोशी बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा डोजर चलाए

Ekantipur •
November 17, 2026 • 09:02 AM
3
3 reads 0 reactions

बाढीबाट पूर्ण रूपमा विस्थापित त्रिशूली बजारका ४५० पीडित परिवारमध्ये २५० भन्दा बढीले विद्युत् प्राधिकरणको जग्गा कब्जा गरी डोजर लगाएर सम्याउँदै टेन्ट गाडेका छन् ।

पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको भन्दै भोटेकोशी बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा डोजर चलाए

बाढीबाट पूर्ण रूपमा विस्थापित त्रिशूली बजारका ४५० पीडित परिवारमध्ये २५० भन्दा बढीले विद्युत् प्राधिकरणको जग्गा कब्जा गरी डोजर लगाएर सम्याउँदै टेन्ट गाडेका छन् ।

काठमाडौँ — गत १० भदौको भोटेकोशी बाढीबाट विस्थापितहरूको पुनःस्थापनामा सरकारले लामो समय बितिसक्दा पनि बेवास्ता गरेको भन्दै त्रिशूली बजारका पीडितले बस्तीमा रहेको नेपाल विद्युत् प्राधिकरणको जग्गा कब्जा गरी डोजर चलाउनुका साथै टेन्टसमेत गाडेका छन् ।

करिब २५० जनाको संख्यामा रहेका बाढीपीडितले आफ्नै खर्चमा डोजर बोलाएर प्राधिकरणको जग्गा सम्याएका हुन्।

‘हामीले जग्गा सम्याउने मात्र होइन, टेन्टसमेत टाँगेका छौँ,’ भोटेकोशी बाढीबाट विस्थापित त्रिशूली बजारका स्थानीय नारायण श्रेष्ठले भने, ‘यस्तो गर्नु हाम्रो रहर थिएन । हाम्रो बाध्यतालाई सरकारले गम्भीर रूपमा लिएन ।’

प्राधिकरणको उक्त जग्गा स्थानीय सरकारले विस्थापितहरूको पुनःस्थापनाका लागि संघीय सरकारलाई सिफारिस गरेको स्थान हो । संघीय सरकारले समयमै पुनःस्थापनाका लागि निर्णय नगर्दा बाढीपीडित र विस्थापितमा बेचैनी बढेको छ।

‘पुनःस्थापना त परै जाओस्, अहिलेसम्म मृतक आफन्तको किरिया खर्चसमेत दिएको छैन,’ श्रेष्ठले भने,’कोठाभाडा दिन्छु भनेर पनि दिएको छैन । भएको सबै बगिहाल्यो । जाने ठाउँ कतै भएन । यस्तो गर्नु हाम्रो बाध्यता हो।’

बाढीपीडितले जग्गा कब्जा गरेपछि नेपाल विद्युत् प्राधिकरणका केन्द्र प्रमुख र नुवाकोटका प्रहरी प्रमुख त्यहाँ पुगेका थिए । तर प्रहरीले हस्तक्षेप भने गरेको छैन ।

भोटेकोशी बाढी गएको करिब ३ महिना हुन लागेको छ । बाढीमा परी १ हजार ४५० भन्दा बढीको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी बेपत्ता छन् । हजारौं नागरिक विस्थापित भएका छन् ।

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
8m ago
हिउँदयाममा विद्युत् प्राधिकरणले भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने

हिउँदयाममा विद्युत् प्राधिकरणले भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा वि...

#विद्युत-प्राधिकरण #विद्युत् #प्राधिकरण
Compare →
Nagarik News
2d ago
भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको छ।

#जग्गा #भोटेकोशी
Compare →
Onlinekhabar
8m ago
भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति

भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति

१ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष हिउँदयाममा भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार डे–अहेड तथा रियल …

#विद्युत-प्राधिकरण #विद्युत्
Compare →

Related Stories

Politics & Governance
Build #2612