Trending
Prev Story
Next Story

भारतबाट ३५० मेगावाट बिजुली आयात र ५६ मेगावाट निर्यातको अनुमति

Ekantipur •
November 17, 2026 • 09:32 AM
2
2 reads 0 reactions

नेपाल विद्युत् प्राधिकरणले ३५० मेगावाट बिजुली आगामी साउनसम्म दैनिक १७ घण्टासम्म आयात गर्न पाउनेछ ।

भारतबाट ३५० मेगावाट बिजुली आयात र ५६ मेगावाट निर्यातको अनुमति

नेपाल विद्युत् प्राधिकरणले ३५० मेगावाट बिजुली आगामी साउनसम्म दैनिक १७ घण्टासम्म आयात गर्न पाउनेछ ।

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत‌्‌ मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको हो ।

प्राधिकरणले १ मंसिरदेखि १५ साउन २०८४ सम्म विद्युत् आयात गर्न पाउने भएको छ । यसअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेबाहेक अन्य समयमा आईएक्सबाट दैनिक विद्युत् आयात गर्न सकिनेछ ।

अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिको व्यवस्थापन गर्न थप सहज हुने बताए ।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमता भएका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यसलगायतका अवस्थालाई ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी ४ महिनासम्म विद्युत् माग आन्तरिक उत्पादनभन्दा बढी हुने अनुमान छ । यस अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्ने देखिएको छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर विद्युत् आयात गर्नुपर्ने अनुमान गरिएको छ ।

यस्तै, उच्च माग हुने पिक आवरमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको अनुमान गरिएको छ । पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने आकलन गरिएको छ । वैशाखदेखि नदीहरूमा पानीको बहाव क्रमशः बढ्दै जाने भएकाले आन्तरिक विद्युत् उत्पादन वृद्धि भई आयात प्रतिस्थापन हुँदै विद्युत् निर्यात सुरु हुने अनुमान छ ।

नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट बिजुली आईएक्समा बिक्री गर्न पनि अनुमति पाएको छ । अब प्राधिकरणले १ मंसिरदेखि १५ साउन २०८४ सम्म उक्त विद्युत् निर्यात गर्न पाउनेछ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
14m ago
भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति

भारतबाट ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यात अनुमति

१ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष हिउँदयाममा भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार डे–अहेड तथा रियल …

#विद्युत-प्राधिकरण #विद्युत् #आयात
Compare →
Hamro Patro News
16m ago
भारतबाट नेपालमा ३५० मेगावाट विद्युत आयात, ५६ मेगावाट निर्यातको अनुमति

भारतबाट नेपालमा ३५० मेगावाट विद्युत आयात, ५६ मेगावाट निर्यातको अनुमति

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिम...

#विद्युत-प्राधिकरण #आयात #मेगावाट
Compare →
Bizshala
22h ago
बंगलादेशमा बिजुली बेच्न बन्द, १० दिनपछि भारतबाटै किन्नुपर्ने अवस्थामा नेपाल

बंगलादेशमा बिजुली बेच्न बन्द, १० दिनपछि भारतबाटै किन्नुपर्ने अवस्थामा नेपाल

काठमाण्डौ । वर्षायाममा भारत र बंगलादेशमा बिजुली निर्यात गर्दै आएको नेपाल अब हिउँद सुरु भएसँगै पुनः विद्युत् आयात...

#विद्युत् #आयात #भारत
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमण सीमा विवाद, व्यापार घाटा, निर्यात प्रवर्द्धनमा केन्द्रित

प्रधानमन्त्रीको भारत भ्रमण सीमा विवाद, व्यापार घाटा, निर्यात प्रवर्द्धनमा केन्द्रित

प्रधानमन्त्री बालेन्द्र शाहको एक सातापछि हुने भारत भ्रमणलाई दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा हेरिएको छ।

#भारत #निर्यात
Compare →

Related Stories

Business & Economy
Build #2612